Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीन्युजको मिनी पोलको नतिजा र संबिधान सभा सदस्य निर्वाचनको नतिजा ठ्याक्कै मिल्यो

Published on 1:52:00 AM //

सन्जु काउछा
भर्खरै सम्पन्न संबिधान सभा सदस्य निर्वाचन २०७० मा गुल्मीको ३ वटै क्षेत्रको नतिजा कस्तो हुन्छ भनी गुल्मी न्युज डट कमले सन्चालन गरेको भर्चुअल भोटिङ "मिनी पोल" को नतिजा र संबिधान सभा सदस्य निर्वाचनको नतिजा अहिलेसम्म एउटै आएको छ । निर्वाचन सम्पन्न हुने दिन भन्दा झन्डै २० दिन अघी देखी गुल्मीन्युज डट कममा गुल्मीका ३ वटै क्षेत्रका लागि छुट्टछुट्टै पोल राखिएको थियो । देश बिदेशमा छरिएर रहनुभएका गुल्मेली सहित गुल्मीप्रती चासो राख्ने सबैको लागि खुल्ला गरिएको भोटिङमा हजारौँ जनाले आफ्नो मत ब्याक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसका नेता तथा क्षेत्र नं २ बाट बिजयी चन्द्र भण्डारीले
गुल्मीन्युज डट कमले सन्चालन गरेको मिनिपोल प्रती
फेसबुक मार्फत ब्याक्त गरेको धारणा ।
मतगणना सुरु हुनुभन्दा एक दिन अघिसम्म एकजनाले एउटा आईपी ठेगानाबाट एकपटक मात्र मत ब्याक्त गर्न पाउने गरी सन्चालन गरिएको भोटिङमा क्षेत्र नम्बर १ का लागि ३ हजार ४ सय ८१ मत, २ का लागि २८९४ मत र ३ का लागि १६६० मत प्राप्त भएका थिए । जसै गरी गुल्मीन्युजको अन्लाईन भोटिङमा शुरुमा गुल्मीका ३ वटै क्षेत्रमा एमालेले अग्रता लिएको थियो त्यसैगरी संबिधान सभा सदस्य निर्वाचनको मतगणनाको सुरुवातमा पनि गुल्मीका ३ वटै क्षेत्रमा एमालेका उम्मेदवारहरुले अग्रता कायम गरेका थिए । गुल्मीन्युजको अन्लाईन भोटिङमा क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार गोकर्ण बिष्टले अन्तिम सम्मै अग्रता कायम गरेका थिए सोही अनुरुप नै यसपालीको संबिधान सभा सदस्य निर्वाचनको मतगणनामा पनि उनी कुनै बेला पछी नपरी त्रैलोक्य प्रताप सेन बिरुद्द भारी मतले जित हासिल गरे । भर्चुअल भोटिङमा गोकर्ण बिष्टको भोट उनका प्रतिद्वन्दी त्रैलोक्य प्रताप सेनको भन्दा झण्डै दोब्बर छ ( बिष्ट ९९३ - ४९९ सेन) भने चुनावको परिणाम पनि त्यस्तै निस्केको छ (बिष्ट १८४८२-१०२९४ सेन) । एमाओवादीका अशोक थापा दुबैमा धेरै मतले पछाडि परे ।
उता क्षेत्र नम्बर २ को पनि नतिजा ठ्याक्कै एउटै आएको छ । भर्चुअल पोलमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमालेका प्रदिप ज्ञवाली बिच अत्यन्तै कडा प्रतिस्पर्धा देखिएको थियो । कहिले ज्ञवाली अगाडि त कहिले भण्डारी । यही क्रम चल्दै यो यात्रा भण्डारीको पक्षमा पुगेर रोकिएको थियो । हिजोको मत गणना पनि त्यस्तै रह्यो । शुरुमा एमालेका प्रदिप ज्ञवालीले लिड गर्दै थिए दिनभरी जसो तर नतिजा भण्डारीको पक्षमा गएर रोकियो । गुल्मीन्युजको मिनिपोल र संबिधान सभा सदस्य निर्वाचनमा दुबैको मतको अन्तर प्रतिशत पनि उस्तै उस्तै हुन आउँछ ।
यो रिपोर्ट तयार पार्दा सम्म क्षेत्र नम्बर १ को मत गणना त सकिएको छैन तर भर्चुअल भोटिङमा देखिए जस्तै एकदमै प्रतिस्पर्धा देखिन्छ एमाले उम्मेदवार मैना कुमारी भण्डारी र नेपाली कांग्रेसका डा. कृष्ण बहादुर छन्त्याल बिच । ३ हप्ते भर्चुअल भोटिङको क्रममा जस्तै मतगणना भैरहँदा पनि मैना भण्डारी र कृष्ण छन्त्यालको अघि-पछी भै नै रह्यो । भर्चुअल भोटिङमा जम्मा २९ मत (जुन कुल मतको १ प्रतिशत पनी हैन) ले अगाडि पर्दै एमालेकी मैना कुमारी भण्डारीले पहिलो स्थान ओगटेकी छिन् । एमाओबादिका सुदर्शन बराल भने दुबै जना भन्दा झन्डै ३-३ गुणा काम मतका साथ तेस्रो स्थानमा छन् । अहिले सम्मको मतगणना हेर्दा पनि सुदर्शन बराल तेस्रो स्थानमै चित्त बुझाउनुपर्ने जस्तो देखिन आउँछ । संबिधान सभा सदस्य निर्वाचनमा यस क्षेत्रको नतिजा मैना कुमारी भण्डारी वा कृष्ण बहादुर छन्त्याल जस्ले जिते पनि भारी मतान्तर भएन भने समग्रमा गुल्मीन्युज डट कमले सन्चालन गरेको भर्चुअल भोटिङको पूर्णरुपमा सफल हुन पुग्छ ।
धन्यवाद गुल्मीन्युजले सन्चालन गरेको भर्चुअल भोटिङ "मिनी पोल" मा सहभागी भई आफ्नो मत ब्याक्त गर्नुहुने सबैलाई ।
गुल्मीन्युज डट कमले सन्चालन गरेको मिनी पोलको अन्तिम परिणाम यस्तो छ:
तपाईंको मत
  तपाईंको बिचारमा गुल्मी क्षेत्र नम्बर ३ बाट कस्ले जित्ला ?

  तपाईंको बिचारमा गुल्मी क्षेत्र नम्बर दुईबाट कस्ले जित्ला ?

  तपाईंको बिचारमा गुल्मी क्षेत्र नम्बर १ बाट कस्ले जित्ला ?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग