Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचन पर्यवेक्षकहरु सहितको एकदिने निर्वाचन पर्यवेक्षण गोष्ठि सम्पन्न

Published on 3:34:00 PM //

रेडियो परिवर्तन
बुर्तिबाङ । आसन्न संविधानसभा निर्वाचन २०७०को पर्यवेक्षण गर्ने जिम्मा पाएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण नियाकको आयोजनामा शुत्रबार बुर्तिबाङमा निर्वाचन पर्यवेक्षणका विषयमा एकदिने गोष्ठि सम्पन्न गरिएको छ ।
जिल्लाको क्षेत्र नं. ३ का विभिन्न गाउँ विकास समितिमा निर्वाचन पर्यवेक्षणका लागि गोष्ठीमा विभिन्न गाउँ विकास समितिबाट २० जनाको उपस्थिति रहेको थियो  ।
नियोक बागलुङले क्षेत्र नं. ३ का लागि राम सुवेदीलाई संयोजक तोकको र उहाँकै सत्रियतामा उक्त स्थानमा गोष्ठि सम्पनन गरिएको बताएएको छ ।  
गोष्ठिको नियोक बागलुङका जिल्ला अध्यक्ष राम शर्माले सहजीकरण गर्नुभएको थियो । टोलीले आजैबाटै विभिन्न मतदान केन्द्रहरुमा पुगेर निर्वाचनको वातावरण, दलहरुले आचार संहिता पालना गरेनगरेको, स्थानीय मतदाताले कसरी मतदान केन्द्रमा पुग्ने तयारी तथा जारि मतदाता परिचय पत्र वितरण कार्यदेखि मतदान केन्द्रको सम्पूर्ण अवस्थाको विषयमा पर्यवेक्षण गर्ने बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग