Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुसाइड नोट लेखेर लण्डनमा नेपाली विद्यार्थीद्वारा आत्महत्या

Published on 1:40:00 PM //

लण्डन- बेलायतस्थित किङ्गस्टन युनिर्भसिटीमा अध्ययनरत २३ वर्षीय विद्यार्थी आदित्य लिम्बुले हुन्लो वेष्टस्थित आफ्नै निवासको लिफ्टमा झुण्डिएर आत्महत्या गरेका छन्। 'हामी दुबै बुढा–बुढी काममा गएका थियौं राति ९ बजे घर फर्किदा छोरालाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा पायौं,' उनका बाबु नरेन्द्र लिम्बुले भने। आदित्यले आत्महत्या गर्नुभन्दा अघि बाबुआमालाई सम्बोधन गरेर सुसाइड नोट लेखेर छोडेका थिए।
आफ्नो खुसीका लागि आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख छ। उनले नोटमा आमा बुवालाई धेरै दुःख नमान्नसमेत आग्रह गरेका छन्। बिहीबार साँझ ५ बजेदेखि ८ बजेभित्रको समयमा आदित्यले आत्महत्या गरेको अनुमान बाबु लिम्बुले गरे। आदित्यले आफू बिरामी परेको बताउँदै आएका थिए। तर कस्तो खालको बिमार हो भन्नेबारे आदित्यले परिवारलाई केही बताएका थिएनन्।
'सधैं बिरामी छु भन्थ्यो, के बिमार हो भनेर सोध्दा तपाईंहरु मेरो रोग बुझ्नुहुन्न भन्थ्यो,' लिम्बुले भने, 'विगत महिना दिनदेखि नियमित डाक्टरलाई चेकअप गराइरहेका थिए।' 'गत हप्तामात्र रगत परीक्षणको रिपोर्ट आएको थियो। रिर्पोटमा त्यस्तो कुनै खराबी देखिएको थिएन, सबै ठीकै थियो,' नरेन्द्रले भने।
धरान स्थायी घर भएका आदित्य विगत पाँच वर्षदेखि बाबु नरेन्द्र लिम्बु र आमा दैलाछी लिम्बुका साथमा बस्दै आएका थिए। -नागरिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग