Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय जनमोर्चाको र्‍यालिमा एमाओवादीको आक्रमण, पूर्वसभासद सहित ३ गम्भीर घाईते

Published on 3:36:00 PM //

राम सुवेदी
बागलुङ, मंसिर १ । बागलुङको बरेङमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार प्रसारको सिलसिलामा निर्वाचन क्षेत्र नं २ को हुग्दीशिर गाविसको बाराकोटमा शुक्रबार राष्ट्रिय जनमोर्चाको र्‍याली भैरहेका अवस्थामा एनेकपा माओवादीका कार्यकर्ताले धारिलो हतियार भाला सहित आक्रमण गरेका छन्् । झडपमा राष्ट्रिय जनमोर्चाकी पूर्वसभासद मीना पुन सहित मिनबहादुर पुन, रिमबहादुर पुन, थमबहादुर थापा, लिलाबहादुर थापा, मोहन पुन, इन्द्रबहादुर पुन, खड्कबहादुर बोसेल तथा एकिकृत नेकपा माओवादीका राज्य समिति सदस्य चिनीमायाँ कालामगर सहित दुवै पक्षका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमा राष्ट्रिय जनमोर्चाका पूर्व सभासद पुन सहित ३ जनाको अवस्था गंम्भीर छ भने अन्य ५ जना सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरीक्षक अमिरकन चन्दले जानकारी दिन्ुभएको छ ।
चुनाव प्रचार प्रसारमा रहेका राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथी एमाओवादी कार्यकर्ताले आक्रमण गरेपछि दुई पार्टीका कार्यकर्ताको बीचमा झडप भएको घाइते मध्ये पुर्व सभासद पुनको टाउको र रेमबहादुरको खुकुरी प्रहारबाट हातमा गम्भिर चोट लागेकाले उपचारका लागी काठमाण्डौ पुर्‍याईएको छ ।
यसैबीच, राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिले बिज्ञप्ती प्रकाशित गरी बागलुङ क्षेत्र नम्बर २ का एकिकृत माओबादीका उम्मेदवार लिलबहादुर थापाको निर्देशनमा थापाका का छोरा प्रदिप थापा, मदन पुन, फटिक पुन लगायतका २०-२५ जनाको समूहले ख्ुक्ुरी र भाला सहित आक्रमण गरेको भन्दै भत्र्सना गरेको छ । उता एकिकृत नेकपा माओवादी ले भने आपसी भनाभनका क्रममा कार्यकर्ता उत्तेजित ह्ुँदा दोहोरो झडप भएको बताएको छ ।
एकिकृत माओबादीद्धारा गरिएको त्यस प्रकारको हिसांत्मक कारबाही र आचार संहिताको उल्लघन प्रति जिल्ला प्रशासन र प्रहरीले आवश्यक कारबाही गर्नुको साटो एमाओबादीको पक्ष लिएको राष्ट्रिय जनमोर्चाले आरोप समेत लगाएको छ । भने, एकीकृत नेकपा माओवादीकी नेतृ चीनीमायाँ कालामगर सहितको टोलीले एक्कासी राजमोको चुनावी ¥यालीमा  आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटना पछि अहिलेसम्म पनि उक्त स्थान तनाव पूर्ण रहेको स्थानीय शर्मीला पौडेलले जनाकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग