Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचनका लागि कर्मचारी परिचालनमा भद्रगोल, सुरक्षा संयन्त्र स्वास्थ्य क्षेत्र पनि खाली

Published on 8:06:00 PM //

संगिता कुवँर
गुल्मी, मंसिर १ । निर्वाचनको समयमा मजबुत सुरक्षा ब्यवस्था हुनुपर्ने भएपनि जिल्लाको समग्र सुरक्षा ब्यवस्था हेर्ने जिल्ला प्रशाशन कार्यालय खाली भएको छ । प्रमुख जिल्ला अधिकारी र कार्यालय सहयोगि बाहेकका सम्पूर्ण कर्मचारीहरुलाई मतदान अधिकृत तथा सहायक अधिकृतको रुपमा निर्वाचनमा खटाईएपछि जिल्ला प्रशाशन कार्यालय खाली भएको हो । निर्वाचन अधिकृतका कार्यालयहरुले जिल्लामा रहेका सरकारी कार्यालयहरुमा राम्रो समन्वय नगरि कर्मचारी परिचालन गरेपछि यस्तो समस्या भएको बुझिएको छ ।
 यसरी जिल्ला प्रशाशन कार्यालयनै खाली बनाएर कर्मचारीहरु परिचालन गरेपछि निर्वाचनमा हुनसक्ने कठिन परिस्थितिमा यहाँको सुरक्षा संयन्त्रलाई निर्णय लिन समेत गाह्रो हुने बुझिएको छ । ‘सम्भवत अरु कुनैपनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई मतदान अधिकृतको रुपमा खटाईएको छैन’ जिल्ला प्रशाशन कार्यालयका एक जना कर्मचारीले नाम नखुलाउने सर्तमा भने ‘सहाय प्रमुख जिल्ला अधिकारी सुरक्षा संयन्त्रको सदस्य सचिव हो । भोलि गोलि चलाउनुप¥यो भने निर्णय गर्न गाह्रो हुन्छ ।’
मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले भने सहाय प्रमुख जिल्ला अधिकारीहरु शाखा अधिकृत भएकोले निर्वाचनमा खटाईएको बताउनुभयो । ‘यहाँका सहाक प्रमुख जिल्ला अधिकारीहरु शाखा अधिकृत हुनुहुन्छ’ उहाँले भन्नुभयो ‘त्यो भएर निर्वाचनमा खटाईएको हो । प्रमुख जिल्ला अधिकारीलाई खटाएका छैनौँ ।’ यसरी जिल्ला प्रशाशन कार्यालयसँगै संबेदनशिल’ परिभाषित गरिएको स्वास्थ्य क्षेत्रलाई पनि खाली बनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट २ सय ४५ जना स्वास्थ्यकर्मीहरु निर्वाचनको लागि खटेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. हरिबहादुर केसीले बताउनुभयो । ‘केही ठाउँमा कर्मचारीहरु सबै परिचालन गर्दा खाली भएको अवस्था पनि छ’ उहाँले भन्नुभयो ‘केही ठाउँमा करार र अस्थाई कर्मचारी बाँकी छन्, सम्भवत एक दर्जन बढी स्वास्थ्य चौकी खाली भएका छन् ।’
स्रोतका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले धेरै कर्मचारीलाई निर्वाचनको लागि सिफारीस नगर्नू भनेर आग्रह गर्दापनि निर्बाचन अधिकृतको कार्यालयले स्वास्थ्यको आग्रहलाई बवास्ता गर्दै कर्मचारीहरु परिचालन गरेको हो । निर्वाचनको सयमा हुनसक्ने अप्रिय घटनाको अनुमान नगरि स्वास्थ्य संस्थाहरु खाली गरेर निर्वाचनको लागि कर्मचारी परिचालन गर्नु बिबेकहीन निर्णय भएको नागरिक समाजका पदम पाण्डेको टिप्पणी गर्नुभएको छ । निर्वाचनमा नखटिने कर्मचारीलाई सरकारले कडा कारबाही गर्ने भनेपछि कर्मचारीहरु निर्वाचनका लागि खटिएका छन् ।
स्रोतका अनुसार जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई प्रदान गर्ने सेवाशुल्कमा पनि कन्जुस्याईँ गरेको पाईएको छ । पहिले ८ सय ५० रुपैँया निर्वाचन भक्ता तोकिएको भएपनि कर्मचारीहरुको बिरोधले सेबाशुल्क बढाईएको छ । कर्मचारीहरुले बिरोध गरेपछि निर्वाचन भक्तामा ६ सय रुपैँया थप भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग