Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामी सेवा समिति जापानद्धारा रेडक्रस उपशाखा वामीको अनुगमन

Published on 8:04:00 PM //

कौरव खत्री
गुल्मी, मसिंर १ । वामी सेवा समिति जापानले आज नेपाल रेडक्रस सोसाईटी उपशाखा वामीको अनुगमन तथा निरीक्षण गरेको छ ।
केही समय अगाडी सोसाईटीलाई ऐम्बुलेन्स प्रदान गरेको समितिले सोसाईटिले  प्रदान गर्ने सेवा सुविधा तथा कामको बारेमा अनुगमन गरेको बताईएको छ ।
वामी सेवा समिति जापानका अध्यक्ष सुरज के.सी, सचिव दिलिप थापा, सदस्य नारायण सापकोटा लगायतको टोलीले गरेको अनुगमनका क्रममा आज सम्म सोसाईटीले प्रदान गरेको सेवा सुविधा प्रभावकारी भएको भन्दै अझै थप प्रभावकारी बनाउनको लागि आग्रह गरिएको थियो । साथै समिति सधै यस क्षेत्रको विकासको लािग सहयोग गर्न तत्पर रहेको भन्दै सोसाईटीलाई आवश्यक परेको खण्डमा आगामी दिनमा पनि यस्तै सहयोग गर्दै जाने बताईएको थियो ।
अनुगमन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी वामी उपशाखाका अध्यक्ष डिलाराम खराल, सहसचिव तेजेन्द्र बहादुर जि.सी लगायत नेपाल रेडक्रस सोसाईटीका पदाधिकारी स्थानीय बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग