Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

च्याटमा रमाउन थाले गाउँगाउँका बृद्धबृद्धा

Published on 4:57:00 AM //

अर्घाखॉची, कात्तिक २२ । दुई वर्ष अगाडी सम्म ईमेल ईन्टरनेटका बारेमा सामन्य जानाकारी नभएको अर्घाखॉची बासिन्दाहरले सुचना प्रविधिको विकास संग सगै जिल्लाका सबै गाविसका टोलटोल सम्म ईमेल ईन्टरनेटमा रमाउन पाउन खुसीले गदगद भएका छन् ।
रोजगारीको लागी विदेशीएका आफन्तहरु संग चिठीको माध्यमबाट महिनौमा आफना दु ख सुख साट्दै आएको यहॉ स्थानीय बासिन्दा अहिले इमेल ईन्टरनेटको प्रयोग गरी घरघरमा बसेर सुविधा लिन पाउदॉ दङ्ग परेका छन् ।
ईमेल ईन्टरबाट सस्तो आवश्यक रहेको जानाकारी लिन, च्याट गर्न सकिने भएपछि शहरी क्षेत्रमा मात्र नभई ग्रामीण ईलाकामा झनै लोकप्रिय बन्दै गएको छ । सर्वसाधारणले आफन्त संग ईमेल ईन्टरनेटमा कुरा गर्न थालेपछि हुलाक मार्फत पठाईने पत्रको सख्या निकै न्युन हुन थालेको छ । प्रविधीको विकास कै कारण गर्दा होला अहिले हुलाकमा पहिलेको तुलाना झन्डै तेव्बर नै कमी आएको छ भन्नुहुन्छ,–हुलाक कार्यालयका एक कर्मचारी डवल प्रसाद भुसाल । ईमेल ईन्टरनेटले ग्रामिण ईलाका महिलाहरु सन्चो विसच्चो देखी आर्थीक कारोवारको कुरा समेत गर्ने माध्यम बनेको नेट प्रविधि ।
विदेशमा रहेका आफना श्रीमान संग दिनहुं च्याटमा भेट हुन्छ,सरिता आर्चाय भन्छिन्, चिठी, फोन भन्दा पनि आफनो मान्छेको अनुहार हेरेर कुरा गर्न पाउदॉ आफुले दैनिक १ घण्टा यो नयॉ प्रविधीका लागी छुट्टाएको बताउनुहुन्छ ।  आफनो श्रीमान संगमात्र नभएर सेकेन्ड सेकेन्डमा विश्वमा के भईरहेको छ भनेर हेर्न पाईने हुदॉ घरको सबै काम भ्याई एक घण्टा साईवरलाई समय दिएको बताउदै एक दिन साईवर गईएन भने त त्यो दिन के विराए जस्तो लाग्छ भन्नुहुन्छ आचार्य ।
आर्चाय मात्र होईन् लौराको साहारामा बुढाबुढी समेत समुन्द्र पारी रहेका छोराछोरी संग कुरा गर्न जान थालेका छन् । ईमेल ईन्टरनटको प्रयोग शिक्षक, विद्यार्थी, पत्रकार,कर्मचारी,मजरदुले सबैभन्दा वढि ईन्टरनेट प्रयोग गर्न थालेको साईवर व्यबसायीहरु बताउन्छन् । ईन्टरनेट सबैभन्दा सजिलो उपाय भएकाले सबैले प्रयोग गरेको हुन सक्ने व्यबसायीहरुको भनाई रहेको छ । अहिले ग्रामीण ईलाका विद्यालयहरु,सहरी क्षेत्रका विद्यालयहरुमा पनि कम्त्युटर शिक्षा अनिवार्य जस्तो हुन थालेको छ । नयाँ प्रविधिको विकास संगै कम्त्युटर शिक्षा अनिवार्य भईसकेको छ भन्नुहुन्छ,–श्री शान्ति उच्च मावी बॉगीका प्रार्चाय मान बहादुर पाण्डे । ईमेल ईन्टरनेटका कारण अध्यापनमा पनि सघाउ पुग्ने भएकाले पनि यो प्रविधि अहिले विकसित हुदै गएको उहाको ठम्माई छ ।
सेवाग्रागीहरुको चाप बढ्न थालेपछि अहिले जिल्लामा साईवरको सख्यामा समेत बृद्दी हुन थालेको छ । कम्त्युटर एसोसिएसन अफ नेपाल अर्घाखाची शाखाका अनुसार अहिले सदरमुकाममा मात्रै झन्डै सत्र साईवर क्याफी सञ्चालनमा आएका छन् । नेपाल सरकारका सबै सरकारी कार्यालयहरु अधिकाशं घरहरुमा ईमेल ईन्टरनेट जडान भएका छन् । नेपाल टेलीकमको स्काई मोवाईलको रिम र मेरो मोवाईलको सिममा पनि ईन्टरनेट सञ्चालन गर्ने सुविधा भएपछि गाउ गाउका कम्त्युटर ईन्स्टिच्युट र घरघरमा ईन्टरनेट सञ्चालन गर्न सजिलो भएको  स्थानीय उपभोक्ताहरुको भनाई रहेको छ ।
खनाल कम्युनीकेसनका सञ्चालन दिपक खनाल भन्छन्–ईमेल ईन्टरनेटका सुविधा लिन दैनिक ५० देखी १०० सम्म ग्राहक आउने गरेको बताउन्छन् । ईमेल प्रयोग गरे वापत प्रति घण्टाको ४० रुपैया लिने गरेको उहॉको भनाई छ । साथै निजि ईमेल कम्पनीका साथै नेपाल टेलिकम अर्घाखॉले पनि नेट सुविधा प्रदान गदै आएको छ  । -गोरखापत्रबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग