Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अचम्म ! मोटाउन तँछाड मछाड.......

Published on 4:52:00 AM //

कार्तिक २२ । अहिलेको आधुनिक समाजमा प्राय मानिसहरुले माटो भन्दा पनि पातलो मानिसहरुलाई नै मन पराउने गर्छन् । तर एउटा यस्तो ठाउँ पनि छ, जहाँ मोटो मानिसलाई हिरो मानिन्छ । यहाँको मानिस मोटो हुनको लागि निकै मेहनत पनि गर्ने गर्छन ।
 इथोपियाको बोडी आदिवासीमा एक प्रतियोगिताको आयोजना गरिने गर्छ, जुन प्रतियोगिताको ६ महिना भित्र मोटो हुनुपर्ने नियम छ । प्रतियोगितामा जो ब्याक्ती ६ महिना भित्र मोटो हुन सक्छ, त्यही व्यक्तिलाई विजेता घोषित गरिन्छ ।
विजेतालाई अरु केही उपहार नभई जिन्दगी भर हिरोको उपाधि दिइने गर्छ । यस प्रतियोगितामा हर घरको एक अविवाहित युवक सहभागि हुन सक्छन् । यस प्रतियोगितामा सहभागि हुँदा कहीँ कतै जान नपाउने र शारीरिक सम्बन्ध पनि राख्न नपाउने नियम छ ।
 यस प्रतियोगितामा मानिसहरु यति मोटो पनि हुन्छन् कि हिँडडुल गर्न पनि निकै गाह्रो हुन्छ । यस प्रतियोगितामा विजेता भएपनि ती युवकहरु पुनः आफ्नो तौल घटाउने गर्छन् र आफ्नो सामान्य जिन्दगी जीउन सुरु गर्छन् । -एजेन्सी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग