Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज ह्युस्टन टेक्सासको गठन

Published on 6:34:00 PM //

टेक्सास । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन क्षेत्रमा बसोबास गरिरहेका गुल्मेलीहरुले गुल्मी समाज ह्युस्टनको गठन गरेका छन् । गुल्मी जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ समाजको निर्माण गरिएको जनाइएको छ ।
ह्युस्टनमा रहेका ३०० भन्दा धेरै गुल्मेलीहरुको सहभागीतामा सम्पन्न भएको भेलाले मुकुन्दहरी गौतमको संयोजकत्वमा ११ सदस्यीय तर्दस समितिको निर्माण गरेको हो । ज्ञवालीको संयोजकत्वमा निर्माण गरिएको समितिको उपसंयोजकमा श्रीराम थापा रहनुभएको छ भने सचिवमा श्रीकृष्ण गौतम र आर्थिक बिभागको प्रमुखमा द्रोण गौतम रहनुभएको छ ।
समितिको सदस्यहरुमा भिष्म मरासिनी, हरि न्यौपाने, बिमल ज्ञवाली, लक्ष्मण भण्डारी, लक्ष्मण पोखरेल, बिश्व श्रेष्ठ, रामकृष्ण सापकोटा, नबिन गौतम, सुरेश अर्याल, प्रकाश बलामी र रमा भट्टराई रहनुभएको समितिका सचिव श्रीकृष्ण गौतमले जानकारी दिनुभयो । आसियाना रेष्टुरेण्टमा सम्पन्न भएको कार्यक्रममा स्थानिय कलाकारहरु कृती सापकोटा, एलिसा गौतम, कृती पोखरेल, सृष्टी गौतम र अनिसा पोखरेलले नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली समाज ह्युस्टनका उपाध्यक्ष ज्ञान श्रेष्ठ र सदस्यहरु द्रोण गौतम, बिष्णु नेपालको पनि उपस्थिती रहेको थियो । तर्दस समितिले यथासक्य संस्था दर्ता गर्ने र समितिलाई पुर्णता दिदैं अगाडि बढ्ने जनाईएको छ । अमेरिकाको बिभिन्न स्थानमा छरिएर रहेका गुल्मेलीहरुले यस अगाडि नै न्युयोर्कमा पनि समाजको निर्माण गरिसकेका छन् ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग