Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिहारको बेला गुल्मीमा कडा सुरक्षा, पटका पड्काउने र जुवातास खेल्नेलाई कारवाही गरिने

Published on 3:56:00 AM //

पि.एम.मगर
गुल्मी, कार्तिक १६ । गुल्मी जिल्लामा तिहारको अवसरमा हुन सक्ने आपराधिक गतिविधी न्युनिकरण गर्नको लागि जिल्लाको शान्ति सुरक्षा कडा पारिएको छ । चाडपर्वका वेलामा हुन सक्ने घटनाहरुलाई मध्यनजर गर्दै सरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको शान्ति सुरक्षा र चाडवाडका बखत अप्रिय घटना नघटोस भन्नका लागि कडा सुरक्षा अपनाइएको प्रहरीले जनाएको छ । दिपावलीको अवसर पारेर भुईचम्पा, पटका लगायत बिष्पोटक बस्तुहरु नपड्काउन साथै त्यसको बिक्री वितरण समेत नगर्न प्रहरीले अनुरोध गरेको छ ।
पटका, भुईचम्पा लगायतका बिष्फोटक पदार्थ ओसार पसार, बिक्री बितरण र प्रयोगमा प्रतिबन्ध लगाईएको र फेला परेमा कडा कारबाही गरिने भनी जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गर्दै चाडवाडको समयमा बढ्दो जुवातास, जाँड रक्सी सेवन, कालो बजारी, गुणस्तरहीन खाद्यपदार्थ र मिसावट नियन्त्रणमा समेत प्रहरीले निगरानी वढाएको छ । प्रहरीको सुरक्षा सतर्कता बढ्यो दशैंमा जस्तै तिहारमा पनि चिल्ला खानेकुराको प्रचलन वढि हुन्छ । त्यसमाथि गुलिया खानेकुरा पनि तिहारमा थपिन्छन् । त्यसैले दशैंमा भन्दा अझ बढी तिहारको खानेकुरामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ । भोक मेटाउन मात्रै होइन, तिहारमा दिदीबहिनीले आपसी सदभाव बढाउने उद्देश्यले दाजुभाइका लागि बढी नै खानेकुरा तयार गर्ने गर्दछन् ।
तिहारमा विशेष गरि सेल, अनरसा, मिठाई, मसला र फलफूल जस्ता खानेकुराको धेरै नै प्रयोग हुने गरेको छ । तिहारमा सबैभन्दा बढी मिठाईको प्रयोग हुन्छ । मिठाईमा चिनीको मात्रा धेरै हुन्छ । बढी मात्रामा चिनीका परिकार र चिल्लो खानाले मानिसमा मोटोपनको समस्या देखिने र अन्य रोगहरु देखिने हुदा स्वास्थ्यको ख्याल गरेर खान स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ । तिहारमा रोटी र अरु परिकार बनाउन प्रयोग हुने तेल र घिउ जस्ता चिल्लो खानेकुराले पनि मोटोपन, मुटु तथा धमनीका रोगहरु, उच्च रक्तचाप र मधुमेह निम्त्याउन सक्ने हुँदा विशेष ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । पिरो तथा मसलेदार खानेकुरा पनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नहुने उनीहरुको भनाई छ । बजारमा तयार भएको मिठाई र अरु परिकार भन्दा सकेसम्म घरमै तयार पार्नुपर्ने उनीहरुको सुझाव छ । यसरी तयार गर्दा चिल्लो, पिरो र मसला कम प्रयोग गर्नुपर्छ । अनावश्यक रंग र रसायन प्रयोग गर्नुहुन्न । बजारबाट किनेर ल्याउदा पनि ध्यान दिनुपर्ने चिकित्सकको सल्लाह रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग