Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बजारमा तिहारको चहलपहल वढ्दो, भारतीय प्लास्टिकका मालाको व्यापारमा बृद्धि

Published on 4:04:00 AM //

पि.एम.मगर
गुल्मी, कार्तिक १६ । नेपालीहरुको महानचाड दिपावली नजिकिदै गर्दा गाउँघरमा चहलपहल बढेको छ । महान चाड बिजया दशमीको बिदाईसँगै तिहारको चहलपहल र बजारमा किनमेलका लागि उपभोक्ताको भिड बढेको छ ।
दाजुभाई दिदीबहिनीको सुमधुर सम्बन्धसँग गाँसिएको यो पर्बमा दिदी बाहिनी दाजु भाईको टिका र उपहारसँग जोडिएको छ । अहिले बजारमा भारतका बिभिन्न स्थानबाट आएका कृत्रिम बनि बनावटका माला भित्रिएको व्यापारीहरुले बताएका छन् । पहिले पहिले तिहारमा दिपावलीका लागि माटो र पित्तलको दियोको प्रयोग भएकोमा पछिल्लो समयमा मैन बत्तीको बिकाससँगै माटो र पित्तल बजारमा पाइएपनि पुर्ण प्रयोग भएको छैन । तिहारको लक्ष्मी पुजादेखि भाइ टिकाको दिनसम्म घरघरमा साँझपख दिपावलीमा प्रयोग गरिन्थ्यो । बजार क्षेत्रमा माटो र पित्तलको भाडा प्रयोग भएपनि गाउँघरमा पाइने चिउरी र सालको पातबाट बन्ने दियो पनि लगभग हराइसकेको छ । बजारमा पात नपाइने समस्याले होला तर गाउँघरमा पनि बजारमा आएका मैनबत्तीको प्रयोगले गर्दा बरु पात भैसीलाई दिइन्छ तर त्यही पातबाट बन्ने दियो प्रयोग गरिन्न । बजारमा पाइने भाँडा तथा मैनबत्ती जलाउन नपर्ने हुँदा परम्परागत सांस्कृतिक महत्व लोप हुने अबस्थामा पुगेको स्थानीय वुद्धिजीविहरुको भनाई छ ।
तिहार पर्बमा नयां कपडा सहित तिहारका लागि चाहने सामान खरिद गर्न सर्बसाधारणहरुको बिभिन्न पसलहरुमा घुईचो लागेको छ । सदरमुकाम तमघास लगायत जिल्लाका अधिकाशं मुख्य वजार क्षेत्रहरुमा तिहार पर्बको निकै चहल पहल बढेको हो । अझ सदरमुकाम तमघास क्ष्ँेत्रमा विभिन्न कपडा पसल र तिहारको समान खरिद गर्नेहरुको ब्यापारीक पसलहरुमा भिड लागेको छ । यस्तै अर्घाखांची, वाग्लुङ्ग, प्यूठान, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, स्याङ्गजा लगायत विभिन्न जिल्लाका सहरी केन्द्रहरुमा पनि तिहारका लागि सामान किन्नेहरुको भिड लागेको व्यापारी तथा स्थानीयको भनाई छ । तिहारमा विशेष गरी कृतिम माला तथा टिका वढी विक्री भएको व्यापारीहरुको भनाई छ ।
तिहारमा मखमली, सयपत्री र गुर्द्धौली फुलले बजार ढपक्कै ढाकिने बेला भारतीय प्लाष्टिकको मालाले बजार सजिएको छ । गुल्मीको सदरमुकाम तमघास लगायतका विभिन्न बजार क्षेत्रहरु लगायत  पाल्पाको तानसेन, रामपुर, आर्यभञ्याङ्ग, गोठादी, अर्घाखाँचीको सन्धीखर्क, प्यूठानको खलंगा, वाग्लुङ्ग लगायत ग्रामिण क्षेत्रका व्यापारिक केन्द्रहरुमा तिहारमा दिदीभाईले लगाउने मखमली नभै
रगीबिरङ्गी प्लाष्टिकका फुल पसल अगाडी आर्कषक रुपमा झुण्याइएको छ । मखमली, सयपत्री र गुर्द्धौली लगायतका फुलको व्यबसायिक खेती नगरिने र यसको खेती गरेर पनि बेच्ने चलन नहुँदा भारतीय प्लाष्टिकको मालाले बजार पाएको हुन सक्ने व्यापारीहरुको भनाई छ ।
जिल्लामा सरदर भारतीय यस्ता मालाको पछिल्ला केही बर्ष यता लाखौको बिक्री भएको छ । गाउँ गाउँमा राम्रै गरी सयपत्री र मखमली फुले पनि पछिल्लो समय हेर्दा लोभ लाग्ने खालका प्लाष्टिकका माला बजारमा देखेपछि गाउँका दिदीबहिनी पनि बजारिया फुलप्रति आर्कषित भएका छन् । तिहार पर्बमा बिशेष गरी दाजुभाईलाई लगाइदिने ढाका टोपीको चलन पनि कम हुँदै गएको छ । तिहारका लागि आबश्यक टोपी, रुमाल, माला, सप्तरङ्गी टिका, ओख्खर, नयाँ कपडा र अन्य सामाग्री समेत पाइने हुनाले केही दिन यता बजारमा सर्वसाधारणको आगमन बढेको छ भने व्यापारमा समेत बृद्धि भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग