Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आचारसंहिला उल्लंघन भएको भन्दै जिल्ला निर्वाचनमा उजुरी

Published on 2:58:00 AM //

राम सुवेदी
बाग्लुङ, कार्तिक १६ । बागलुङबाट संविधानसभा निर्वाचनका लागि प्रतिनिधित्व गर्ने वागलुङका उमेदवारहरुले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको कार्यालय बागलुङमा उजुरी दर्ता भएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ का चार जना उम्मेदवारबिरुद्ध आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन कार्यलयमा उजुरी परेको हो । क्षेत्र नं. १ का एमाओवादीका उम्मेदवार कृष्ण केसी, नेपाली कांग्रेसका हरिबहादुर खड्का, एमालेका हिरा केसी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिर्थसिंह थापाबिरुद्ध जनलेखा परिक्षण मञ्च बागलुङले उजुरी दर्ता गरेको निर्वाचन कार्यालय बागलुङले जनाएको छ  ।
त्यस्तै क्षेत्र नं. २ मा एकीकृत नेकपा माओवादीका लिलाबहादुर थापा, नेपाली काँग्रेसका प्रकाश शर्मा पौडेलले आचार संहिता उल्लंघन गरेको पाईएको छ । उता क्षेत्र नं. ३ मा पनि एकीकृत नेकपा माओवादीले विद्यालयमा वाल पेन्टिङ गरेको विभिन्न स्थानमा होर्डिङ फ्ल्यास वोर्ड झुण्ड्याएको, पार्टिको लोगो र प्रचार सामाग्री सहितको टिसर्टमा कार्यकर्ताहरु हिँडाएको, निर्वाचन आयोगले तोकेभन्दा बढी आकार र साईजको पोष्टर निकालेको पाइएको छ । उता नेपाली काँग्रेसले पनि आचार संहिता मिचेर पोष्टरिङ गरेको पार्टीको झण्डा र चिन्ह अंकित टिसर्ट तथा टोपि लगाइर प्रचारमा युवा परिचालन गरेको विभिन्न मेलाहरुमा पैसा दिएको, होर्डिङ बोर्ड सार्वजनिक स्थलमा राखेको पाइएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट समेत सार्वजनिक स्थलमा पोष्टरिङ गरिएको पाइएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको र आयोकका तर्फबाट सबै दलहरुलाई पत्रकार गरि उत्त गतिविधि हटाृने वा कम गर्ने जानाकारी दिईने बताइएको छ ।
यसरी संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, २०७० को दफा ९, १०, ११, १२, १४, २६ तथा ३३ विपरित निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै उनीहरु बिरुद्ध उजुरी दर्ता गरेको हो । उजुरीमा एमाओबादी, कांग्रेस, एमाले र जनमोर्चाका उम्मेदवार क्रमशः केसी, खड्का, केसी र थापाले व्यापक रुपमा भित्तेलेखन गरेको, जथाभावी रुपमा ब्यानर तथा पोष्टरहरु टाँसेको, सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुश, आमसभा गरेको, जनसाधारणको हितमा प्रतिकूल असर पर्ने गरी माइक तथा लाउडस्पिकरहरुको प्रयोग गरेको उजुरीमा उल्लेख गरिएको छ ।
उनीहरुलाई निर्वाचन आचारसंहिता, २०७० को परिच्छेद ७ को दफा ९८ बमोजिम कार्वाही गर्न माग गरिएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले जानकारी दिनुभएको छ ।
चुनामी मैदानमा होमीएका दलका उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको दाबीसहित कार्वाहीको माग गरेको जनलेखाले निर्वाचनको बिपक्षमा रहेको नेकपा–माओवादीलाई पनि कार्वाही गर्न माग गरेको छ । नेकपा–माओवादीले निर्वाचन बिथोल्ने, निर्वाचनप्रति वितृष्णा पैदा हुने र निर्वाचनमा अवरोध हुने गरि भित्तेलेखन गरेको पाइएके छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग