Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा १३ दलको समानुपातिकमा निल

Published on 12:24:00 AM //

बिष्णु पौडेल
गुल्मी । गुल्मीका तीन ओटा निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलले समानुपातिक तर्फ एक मत पनि पाएका छैनन् । गुल्मी १ मा सबैभन्दा धेरै ८, गुल्मी २ मा २ र गुल्मी ३ मा ३ गरी १३ राजनीतिक दलले एक मत पनि नपाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शनिवार राती सकिएको मतगणनाअनुसार गुल्मी–१ मा संघीय सदभावना पार्टी, संघीय समावेशी समाजवादी पार्टी, सोसल रिपब्लिकन पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय जन विकास पार्टी, सहकारी पार्टी, नेपाल शान्ति क्षेत्र परिषद् र राष्ट्रिय चुरेभावर पार्टी नील भएका हुन् । यस्तै गुल्मी–२ मा सोसल रिपब्लिकन पार्टी र मधेसी जनअधिकार फोरम मधेस निल छन भने गुल्मी–३ मा ओम सेना नेपाल, तराई पहाड हिमाल समाज पार्टी र राष्ट्रिय जन विकास पार्टीले पनि एक मत पनि ल्याएका छैनन् । त्यस्तै गुल्मी १ मा १०, गुल्मी २ मा ९ र गुल्मी ३ मा पनि ९ दलले १-१ मत मात्रै पाएका छन् ।
समानुपातिकतर्फ सहभागि १ सय २२ दलमध्ये गुल्मीमा सबैभन्दा बढी नेकपा एमालेले ४४ हजार ५ सय ३५ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४० हजार ८ सय ६३ मत पाएको छ । एकीकृत नेकपा माओवादीले १४ हजार ५ सय ३३ मत प्राप्त गरेको छ । क्षेत्रगत रुपमा नेकपा एमालेले गुल्मी–१ बाट ९ हजार ७ सय ७०, नेपाली कांग्रेसले १० हजार ३ सय ८६ र एकीकृत नेकपा माओवादीले ३ हजार ९ सय ९९ मत ल्याएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग