Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अण्डर फिफ्टिन खुल्ला फुटबल प्रतियोगीताको उपाधी काँडेबास युवा क्लबलाई

Published on 4:38:00 AM //

कौरव खत्री
गुल्मी । खर्बाङ फुटबल क्लव खर्बाङ बागलुङले आयोजना गरेको अन्डर फिप्टीन खुल्ला फुटबल प्रतियोगीता आईतवार सम्पन्न भएको छ ।
कुल १० टिमको सहभागीता रहेको प्रतियोगीतामा, काँडेबास युवा क्लव काँडेबास बागलुङ ३ गोलका साथ प्रथम हुन सफल भएको छ भने हाँडीखोला युवा क्लव हाँडीखोलाले १ गोल हान्दै द्धितिय स्थानमा चित्त बुझाउन बाध्य भएको छ । शनिबारबाट सञ्चालित प्रतियोगीताको आईतवार सेमिफाईनल र फाईनलका खेल सम्पन्न भएका थिए । कार्यक्रममा विजयी टिमलाई नगद पुरस्कार सहित प्रमाण पत्र र मेडलले सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव करुण थापाले गर्नुभएको सहयोगी कृष्ण पीडी सापकोटाले समाचार पठाउनुभएको छ ।
त्यस्तै देविस्थान युवा क्लव सिसाखानी २ बागलुङले दिपावलीको अवसरमा सञ्चालन गरेको वडा स्तरीय विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम पनि आईतवारै सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष रमेश श्रीसको अध्यक्षता रहेको कार्यक्रममा आयोजित वडा स्तरीय पुरुष तथा माहिला भलिबल प्रतियोगीता तर्फ जम्मा १९ समुहको सहभागीता रहेको थियो जसमध्ये पुरुष भालिबल प्रतियोगीता तर्फ आयोजक देविस्थान युवा क्ल्व वडा नं २ प्रथम तथा ओखरबोट युवा क्लव वडा नं १ द्धितिय भएका छन् । उता महिला भलिवल प्रतियोगीता तर्फ हातेमालो सामाजिक संस्था वडा नं ४ प्रथम भएको छ भने आयोजक देविस्थान युवा क्लव वडा नं २ द्धितिय भएको छ । त्यस्तै सोही अवसरमै घैँटोफोर लगायत अन्य विविध साँस्कृतिक कार्यक्रम पनि सम्पन्न भएका छन् ।सबै प्रतियोगीतामा प्रथम द्धितिय र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव जिवन श्रीसले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग