Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पनि मनाइयो महाकवि देबकोटको १ सय ५ औँ जन्मजयन्ती

Published on 4:30:00 AM //

संगिता कुवँर
कार्तिक १७, गुल्मी । महाकवि देबकोटको १ सय ५ औँ जन्मजयन्तीको अवसरमा किरण पुस्तकालय तम्घास गुल्मीमा पनि एक कार्यक्रम सम्पन्न भएको छ । किरण पुस्कालयमा जम्मा भएका साहित्यकारहरुले लक्ष्मीप्रसाद देबकोटा प्रति श्रद्धासुमन ब्यक्त गर्दै आफ्ना साहित्यिक रचना बाचन गरेर सुनाएका थिए । कार्यक्रममा साहित्यकारहरु भेषराज प्रयासी, लक्ष्मण प्रसाद रिजाल, वाचनसम्राट भिमकान्त पन्थी, बोम अर्याल, नवनारायण पन्थी लगायतले आफ्ना सिर्जनाहरु बाचन गर्नुभएको थियो ।
त्यस्तै कवि लक्ष्मणप्रसाद रिजालले लक्ष्मी प्रसाद देबकोटाको मुनामदन खण्ड काब्यको छोटो अंश बाचन गरेर सुनाउनुभएको थियो । साथै सोही अवसरमा नव साहित्यकार योगेश पन्थीको कविता संग्रह ‘बोल्दै छ देश यहाँ’को पनि बिमोचन गरिएको थियो । पुस्ताकालयका अध्यक्ष नरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा समाजसेवी नन्दराम भुसालको विषेश आतिथ्यता रहेको थियो ।
कार्यममा महाकवि देबकोटाको तस्विरमा माल्यार्पण समेत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु शशी पन्थी र दीन पन्थीले लक्ष्मी प्रसाद देबकोटाको बारेमा जानकारी गराउनुएको थियो । गोपाल पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा झण्डै ५० जना साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।
यस्तै लुम्बिनी बांगमय प्रतिस्ठान नेपाल अन्तर्गत जिल्ला शाखा गुल्मीको तदर्थ समितिको पनि गठन भएको छ । प्रतिस्ठानका अञ्चल उपाध्यक्ष शशी पन्थीको अध्यक्षता सम्पन्न भएको भेलाले दीन पन्थीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला शाखा तदर्थ समितिको गठन गरेको हो । समीतीको सदस्यहरुमा शशी पन्थी, कमलराज श्रेष्ठ, लक्ष्मण रिजाल, गोपाल पन्थी, बोम अर्याल, मुकुन्दहरी गौतम, भिमकान्त पन्थी र नवनारायण पन्थी रहनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग