Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मंसिर २ देखि ५ गतेसम्म नेपाल-भारत सीमा बन्द

Published on 5:21:00 AM //

बीरगन्ज– मंसिर ४ को संबिधानसभा निर्वाचनमा नेपाल–भारतको सीमाबाट हुनसक्ने सुरक्षा चुनौतीबारे दुवै देशका प्रशासनिक र सुरक्षा अधिकारीबीच बैठक भएको छ। नेपाल भारत सीमा समन्वय बैठकले निर्वाचनलाई ध्यानमा राखेर दुबैतर्फबाट सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णय गरेको छ।
नेपालमा हुन गइरहेको निर्वाचनलाई सफल पार्न 'सिमा क्षेत्रमा सुरक्षा, एक अर्काएलाई सूचना आदानप्रदान र साना हतियारको नियन्त्रण' जस्ता बिषयमा बैठकले निर्णय गरेको हो। बैठकले मंसिर २ गते साँझ ७ बजे देखि मंसिर ५ गते बिहान ५ बजेसम्म नेपाल–भारत सीमामा आवत–जावत बन्द गर्ने निर्णय पनि गरेको छ।

नेपालको तर्फबाट बैठकमा नेतृत्व गरेका पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय र भारततर्फबाट पूर्वी चम्पारणका 'डिस्ट्रिक मजिस्टेट' (डिएम) श्रीधर सिले बैठकपछि संयुक्त रुपमा निर्णयबारे जानकारी दिए।

'सिमा बन्द गरिने निर्णयसँगै हामीले महत्वपुर्ण सूचना र सुरक्षा सम्बन्धी अनुसन्धानमा सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छौं,' प्रजिअ बजिमयले भने, 'साना हतियार ओसारपसार र त्यसको प्रयोगले हुन सक्ने सुरक्षा चुनौती रोक्न मिलेर पहल गर्ने समझदारी गरेका छौं।'

नेपालबाट रौतहटदेखि नवलपरासीसम्म पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी, नारायणी अञ्चल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, पाँचै जिल्लाका सशस्त्र प्रहरीका उपरीक्षक बीरगन्ज भन्सार कार्यालयका प्रमुख अधिकृत रामहरि अर्याल सहभागी थिए।

भारततर्फबाट पश्चिमी चम्पारणका डिएम अभय कुमार सिंह, भारतीय सशस्त्र सुरक्षा बलका द्वितीय सेनानायक राकेश, सिमाक्षेत्रमा कार्यरत उप सेनानायकहरु, मोतिहारी, बेतिया र बगहाका प्रहरी उपरीक्षकहरु र भारतीय माहाबाणिज्य दुतावासका 'काउन्सुलर' सैयद मोहमद अख्तर लगायत सहभागि थिए। नेपाल भारत समन्वय बैठकमा नियमित छलफल गरिने 'तस्करी नियन्त्रण, सिर्सिया दनीको प्रदुषण नियन्त्रण र सिमा क्षेत्रमा देखापर्ने विवाद सामाधान' जस्ता बिषयमा समेत छलफल भएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग