Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नायक भुवन के.सी एमालेको चुनाव प्रचार गर्न गुल्मी

Published on 7:56:00 PM //

अनिल खत्री 
गुल्मी, कार्तिक २१ । नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवालीले एक हातले संबिधान बनाउने र एकहातले बिकास निमार्णको कामलाई प्रथमिकताका साथ अगाडी बढाउने बताउनु भएको छ । चुनावी प्रचार प्रसार तथा घर दैलो भेटघाट कार्यक्रममा आज गुल्मीको बलेटक्सारमा सम्पन्न जनसभामा सम्बोधन गर्दैै नेता ज्ञवालीले नेकपा एमालेले बहुमत प्राप्त गरेर एक हातले संबिधान बनाउने र अर्को हातले बिकास निमार्णका कामहरुलाई पनि जोड दिने बताउनु भएको छ । एमाले केन्द्रिय प्रचार बिभाग प्रमुख समेत रहेका ज्ञवालीले अहिले देशको हितको लागी लोकतान्त्रिक संबिधान निमार्ण गर्नु प्रमुख जिम्मेवारी रहेकोले नेकपा एमालेको बहुमत बिना कुनै पनि हालतमा संबिधान निमार्ण नहुने बताउनु भएको छ । कार्यक्रममा नायक भुवन केसीले समेत सम्बोधन गर्नुभएको थियो कार्यक्रममा बोल्दै नेकपा एमाले जनजाती, कलकार, महिला, पिडीत, बिपन्न लगायत सबै क्षेत्रको प्रतिनिधित्व गरेकाले पनि आगामी संबिधान सभाको निर्वाचनमा एमालेको बहुमत जुटाउन नेकपा एमालेलाइ बिजयी गराउन सबैलाइ आग्रह गर्नु भएको थियो ।
क्षेत्र नं. २ गुल्मीले गरेको चुनावी प्रचार प्रसार तथा जनता संग गरिएको घरदैलो कार्यक्रम अन्र्तगत आज गुल्मीको वलेटक्सारमा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवाली, नायक भुवन के.सी, नेकपा एमाले अञ्चल कमिटी सदस्य एबं समानुपातिक उमेदवार दिल शोभा पुन, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उपाध्यक्ष मधुकृष्ण पन्त, उपसचिव तथा समानुपातिक उमेदवार वालसिंह काउछा, सचिवालय सदस्य एबं समानुपातिक उमेदवार जंग नेपाली, सदस्य बसन्त श्रेष्ठ, क्षेत्रिय कमिटी अध्यक्ष खडग के.सी., युवा संघ नेपाल केन्द्रिय सदस्य हिमाल श्रेष्ठ, युथफोर्स केन्द्रिय सदस्य हिमाल थापा, गयुवा संघ नेपाल गुल्मीका उपाध्यक्ष मोहन प्रसाद पाण्डेय, युथ फोर्स गुल्मीका अध्यक्ष मनोज काउछा ,प्रेस चौतारी गुल्मीका अध्यक्ष ज्ञान बहादुर महतरा , कलाकार रोहित सुबेदी, सुसिल श्रेष्ठ, पवन परियार, नन्दु परियार लगायतको सहभागिता रहेको कार्यक्रम क्षेत्रिय कमिटी उपाध्यक्ष देवनारायण ज्ञवालीको सभापतित्व तथा अञ्चल कमिटी सदस्य निलकण्ठ गौतमको स्वागत मनतब्य र सुजन ज्ञवालीको संञ्चालनमा सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. २ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग