Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोर्खालीहरुको आन्दोलनमा जनसम्पर्क समिती बेलायतको समर्थन

Published on 1:00:00 AM //

कुश बस्नेत/भण्डारी उमेश
बेलायत - बेलायतमा गोर्खालीहरुको समान हक-अधिकार, समान पेन्सन लगायत मागहरु प्रति जनसम्पर्क समिती बेलायतले पूर्ण समर्थन गरेको छ।  जनसम्पर्क समिति बेलायतका अध्यक्ष श्री चेतनाथ खनालको नेतृतोमा गएको एक टोलीले आन्दोनरत गोर्खालीहरुलाई बेलायतको डाउनिंग स्ट्रीटको अगाडीमा रहेको आन्दोलनरत क्षेत्रको स्थलगत भ्रमण गरी जनसम्पर्क समिति बेलायतको पूर्ण समर्थन सहितको एक बिघ्यप्ति पत्र आन्दोलनरत गोर्खाहरु समक्ष्य प्रदान गर्नु भएको थियो।
उक्त कार्यक्रममा पुग्नु भएका नेपाली कांग्रेश विदेश बिभाग सदस्य श्री बिज्ञान प्रसाई ज्युले गोर्खाली हरुको उक्त कार्यको  सहारना गर्दै जनसम्पर्क समिति बेलायतको  उक्त उपस्थिति लाई नेपाली कांग्रेस पार्टीको उपस्थितिको रुपमा लिन गोर्खाहरु समक्ष्य आग्रह गर्नु भएको थियो। प्रसाईले नेपाली कांग्रेश पार्टीले आजका दिन सम्म गोर्खाहरुको हरेक जायज मागमा समर्थन गरेको र नेपाल सरकार संग पनि बेलायतको यस किसिमको समस्या समाधान गर्न पटक -पटक अनुरोध गरेको बताउनु भयो। साथै नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री श्री युबराज सिंहद्वारा लिखित उक्त  बिघ्यप्ति पत्र अध्यक्ष श्री चेतनाथ खनाल र उपाधक्ष्य श्री बिकाश देवकोटाले गोर्खाहरु समक्ष्य हस्तान्तरण गर्नु भएको थियो।
नेपाली जनसम्पर्क समितिको उक्त कार्यप्रति पूर्ण समर्थन जनाउदै पूर्व सभापति श्री बिनोद मोक्तान ज्युले आफुलाई आत्मा बाटनै खुसि लागेको बताउनु भयो। आफु पनि गोर्खालीको छोरा भएकोले उक्त पिडा आफुमा पनि रहेको बताउनु भयो।    त्यसैगरि नेपाली जनसम्पर्क समिती साउथ इस्ट क्षेत्रका सह- महामन्त्री श्री कुश बस्नेतले गोर्खाजहरु र नेपाली कांग्रेश पार्टी एक अर्काका परिपुरक जस्तो रहेको कुरा इतिहासमा प्रस्ट रहेको बताउदै आसन्न संबिधान सभाको चुनाब सम्पन्न हुने बितिकै बेलायत सरकार समक्ष्य कुटनीतिज्ञ पहल गर्न नेपाली कांग्रेस पार्टी र नेपाल सरकार समक्ष्य दबाब दिने कुरा बताउनु भयो।
साथै नेपाली जनसम्पर्क समिति बेलायतको उक्त कार्यप्रति पूर्ण समर्थन जनाउदै नेपाल बिधार्थी संघ बेलायतले पनि एक्य्बदता जनाएको कुरा बारे नेपाल बिधार्थी संघ बेलायतका उप- सभापती श्री उमेश भण्डारीले प्रस्ट पार्नुका  साथै उहाले गोर्खाहरु समक्ष्य गोर्खालीहरु माथि बेलायत सरकारबाट भएको अन्याएको बिरोधमा बेलायत स्थित  अध्यनरत सम्पूर्ण बिधार्थी साथीहरु एक जुट भएर आगाडी बढ्न तयार रहेको बताउनु भयो।  नेपाली जनसम्पर्क समिति बेलायतको उक्त कार्य प्रति पूर्ण समर्थन जनाउदै लण्डनको विभिन्न क्षेत्रमा बस्ने नेपाली साथी हरु प्रमोद टण्डन, नबराज कार्की, राजेन्द्र बस्नेत रेशम बस्याल लगायत साथीहरुको उपस्तिथी रहेको थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग