Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका बिभिन्न ठाउँमा नेपाली काग्रेसको चुनावी कार्यक्रम सम्पन्न

Published on 6:23:00 PM //

संगिता कुवँर 
कार्तिक १६ गुल्मी । नेपाली कांग्रेस वाग्ला गाउँ समितिको चुनावी सभा तथा अन्तरक्रिया कार्यक्रम वाग्लाको द्वावानेटामा सम्पन्न भएको छ । गाउँ सभापति लक्ष्मीकान्त घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ूर्व सांसद रुद्रमणी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा महाधिवेशन तथा चुनाव प्रचारप्रसार समितिका ११ नम्बर ईलाका संयोजक महेन्द्र भण्डारी, महाधिबेशन प्रतिनिधि कृष्ण बहादुर नेपाली, नेपाल किसान संघका जिल्ला सभापति मधु पन्थी, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष लालमणी भण्डारी, नेपाली विद्यार्थी संघ सिए भारतका अध्यक्ष पदम भट्टराई, नेपाल विद्यार्थी संघ भगवती उच्च माविका सभापति बसन्त पुरी, दलित संघ प्रतिनिधि चन्द्रबहादुर विक लगायतले मन्तब्य राख्नुभएको थियो ।

सोही अवसरमा चुनाव प्रचार प्रसारका लागि गाउँ स्तरीय १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समितिको गठन गरिएको छ ।

यस्तै नेपाली कांग्रेस बाँझकटेरी गाउँ कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकले संबिधान सभाको निर्वाचनका लागि गाउँ सभापति फर्सुराम भुसालको संयोकत्वमा १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समितिको गठन गरेको छ । जसको सह संयोजकमा भुवन प्रसाद भुसाल, सचिवमा मोहन प्रकाश भुसाल लगायत अन्य सदस्यहरु रहनुभएको छ । गाउँ सभापति फर्सुराम भुसालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रेम प्रसाद भसाल, नेत्र प्रसाद भट्टराई, लक्षुमन खत्रि, खिमबहादुर सेन ओली, चरण प्रताप सेन ओली, मोती बहादुर केसी, कृष्ण प्रसाद भुसाल लगायतको उपस्थि रहेको थियो । कार्यक्रम चरण प्रताप सेन ओलीको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै नेपाली कांग्रेस धुर्कोट रजस्थल वडा नं. ८ र ९ को भेलाले निर्वाचन परिचालन समिति गठन गरेको छ । आज भएको भेलाले त्रिभुवन विश्वविद्यालय नेविसंघका केन्द्रिय सदस्य अच्युत पन्थीको संयोजकत्वमा ४० सदस्यीय समिति गठन गरेको हो । जसको सह संयोजकमा सुमन पन्थी, सचिवमा सूदिप भण्डारी लगायतका सदस्यहरु रहनुभएको छ । साथै सोही भेलाले रामप्रसाद पन्थीको संयोजकत्वमा २० सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

चुनावी प्रचार प्रसार अभियान अन्तर्गत नेपाल तरुण दल हाडहाडे गाउँ कार्य समितिको प्रशिक्षण तथा चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रम निन्युखर्क माध्यमिक  विद्यालय हाडहाडेमा सम्पन्न भएको  हो । कार्यक्रमलाई क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा प्रचारप्रसार संयोजक रुद्रमणी शर्मा भण्डारीले सम्बोधन गर्नुभएको थियो ।
 
तरुण दल हाडहाडे गाउँकार्य समितिका सभापति जितबहादुर पहराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी तथा नेविसंघका पूर्व केन्द्रिय उपाध्यक्ष महेन्द्र भण्डारी, तरुण दल गुल्मीका उपसभापति लालमणी भण्डारी, नेपाली कांग्रेस हाडहाडे गाउँ कार्य समितिका सभापति तेजबहादुर बोहोरा, नेपाल बिद्यार्थी संघ निन्युखर्क माविका सभापति दीपक काउछा, तरुण दल गाउँ उपसभापति भवेन्द्र घर्ति मगर लगायतले मन्तब्य राख्नुभएको थियो ।
 
साथै कार्यक्रममा नेपाल शिक्षक संघका गाउँ सभापति कृष्ण पहराई, महिला संघकी गाउँ सभापति ममता श्रीस लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सुमन पहराईको स्वागत तथा जितबहादुर पहराईको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै सोहि अवसरमा चुनाव प्रचार प्रसारका लागि तरुण दल गाउँ प्रचार समिति पनि गठन गरिएको छ । भवेन्द्र घर्ति मगरको संयोजकत्व तथा सुमन पहराईको सहसंयोजकत्व रहेको समितिमा ५५ जना सदस्यहरु रहेका छन् ।
यस्तै चुनाव प्रचार प्रसारको लागि नेपाली कांग्रेस म्याल पोखरी गाउँ समितिले वडा नम्बर ६ मा तरुण दलको गठन गरेको छ । जसको स ंयोजकमा बाबुराम खत्री, सह संयोजकमा रामबहादुर खत्री, सचिवमा पदम खत्री, सह सचिवमा जयराम खत्री, कोषाध्यक्षमा सुनिता खत्री लगायत अन्य सदस्यहरु रहेको त्यहाँबाट पार्वता कुँवरले जानकारी दिनुभयो । कार्यक्रमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य टकेन्द्र प्रताप सेन, पार्टी सभापति नंगनारायण भट्टराई, पार्टी सचिव प्रेम सेन, नेपाल शिक्षक संघका ईलाका सभापति प्रेमबाहोरा लगायतको उपस्थिति रहेको थियो । यस्तै तत्कालीन नेकपा माओबादीबाट समानुपातीमा सांसद भएका सुर्यबहादुर सेनले कांग्रेस क्षेत्र नम्बर ३ का उम्मेदवार त्रैलोक्य प्रताप सेनलाई विजयी बनाउनको लागि म्यालपोखरीमा सेनहरुको भेला सम्पन्न गरेको कुँवरले जानकारी दिनुभयो । संगिता कुवँर

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग