Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रतिद्धन्द्धीकै बाबु आमाको अशिर्वाद थाप्दै गुल्मीका उम्मेदवार

Published on 5:46:00 PM //

प्रेम सुनार
कार्तिक १५, गुल्मी । उम्मेदवारहरु विच गुल्मीका विगतका चुनावहरुमा बोल बाराबार सम्मको अवस्था समेत नहुने गरेको होईन तर यसपाली चुनावमा यहाँका उमेदवारहरु एक देखि अर्को उम्मेदवारको घरमा भोट माग्न जाने र टेलीफोनमा सौहार्दता साट्ने सम्मको सकरात्मक कार्यको थालनी गरेका छन् ।
उमेदवारी मनोनयन दर्ताको दिन गुल्मी क्षेत्र नम्वर ३ का एमाले उमेदवार गोकर्णराज विष्ट वावुको ७ दने कृयाक्रममा थिए । उनको त्यो पितृ शोकमा समवेदना प्रकट गर्न तत्काल उनका प्रतिद्धन्द्धी एमाओवादी उम्मेदवार वामदेव क्षेत्री र कांग्रेस उम्मेदवार त्रैलोक्यप्रताव सेन सँगै घरमैं पुगे ।
यता क्षेत्र नम्वर २ का एमाओवादी उमेदवार अशोक थापा शनिवार विहान कांग्रेसका प्रतिद्धन्द्धी उमेदवार चन्द्र भण्डारीको हुँगा स्थित घरमा भोट माग्न पुगे । थापाले भण्डारीका बृद्ध बाबु ईश्वरीप्रसाद भण्डारी र आमाको पाउँ ढोगेर आशिर्वाद मागे । भण्डारी दम्पत्तिले चुनाव जिते बाबु भनेर अशिर्वाद दिए । थापासंगै घरदैलो कार्यक्रममा पुगेका अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञवालीले भने,  ‘पशुपति नाथले रक्षा गरुँन, बाबुको जित होस् यहि छ हाम्रो आशिर्वाद’ भनेर चन्द्र भण्डारीका बाबु आमाले अशोक थापालाई आशिर्वाद दिए ।
उमेदवारहरुको यो कदमले यसपालीको चुनाव गुल्मीमा शौहार्दपुर्ण हुने संकेत देखाएको छ। उता कांग्रेस उमेदवार भण्डारी भन्छन् मैले एमालेका उमेदवार प्रदिपकुमार ज्ञवालीलाई र अशोक थापालाई प्रतिद्धन्द्धी ठान्दीनँ । ‘ज्ञवाली मेरा आदरणीय ब्याक्ति हुनुहुन्छ, अशोक साथी हुन्, चुनावी प्रतिष्पर्धा भए पनि उहाँहरुलाई मैले केहि भन्न चाहन्न’ उनले भने । उता ज्ञवाली थप शालिन ब्याक्ति छन् । क्षेत्र नम्वर १ का एमाओवादी उमेदवार सुदर्शन बराल, कांग्रेस उमेदवार कृष्ण छन्त्याल र एमाले उमेदवार मैना भण्डारी विच पनि शौहार्द पुर्ण चुनावी प्रचार प्रसार चलेको एमाओवादी चुनाव जन परिचालन समिति क्षेत्रिय संयोजक युवाराज के.सी. बताउँछन् ।
उम्मेदवारहरुमा यस्तो शौहार्द भए पनि कतिपय कार्यकर्ता अलि आक्रोषित हुने, विपक्षीहरुसंग निहुँ खोज्ने गरेको गुनासो भने नसुनिएको होईन । जिल्लाका यि तिन ठुला दलका उम्मेदवाहरुको जस्तै शालिनता प्रदर्शन गर्ने हो भने संविधान सभा निर्वाचन कार्यालय उद्घाटन गर्ने दिन प्रमुख निर्वाचन अधिकृत जिल्ला न्याधिष ऋषिराम आचर्य र प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सम्वोधनका क्रममा यसपालीको निर्वाचन गुल्मीमा नमुना बनाउन सकिओस भन्ने कामना गरे झैं हुने हो कि भन्ने संकेत देखा परेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग