Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाग्लामा एकीकृत नेकपा माअ‍ोवादीको चुनावी अभियान

Published on 3:54:00 PM //

गुल्मीन्युज संबाददाता
गुल्मी, २६ कार्तिक । एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नं ३ को चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत गुल्मीको वाग्ला गाविसमा विभीन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । वाग्ला गाविसका विभीन्न वार्डहरुमा भेटघाट र सभा सम्पन्न गरेको हो ।
बिहान वाग्ला गाविस ५ लाहाटा र ६, ७, ८, ९ वार्डमा भेटघाट अभियान गरेको थियो । भेटघाटमा उम्मेदवार बामदेव क्षेत्री, राज्य समिति सदस्य, बेगम बहादुर चन्द, राम प्रसाद घिमीरे, यूवराज घिमीरे लगायतको सहभागीता रहेको थियो । भेटघाटमा ति गाविसका जनताले आफूहरु जुनसुकै पार्टिमा भएपनि एकीकृत नेकपा माओवादीलाई चुनावमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । एकीकृत नेकपा माओवादीले त्यसपछि वाग्ला ९ द्वानेटामा सभा सम्पन्न गरेको थियो । सभामा उम्मेदवार बामदेव क्षेत्री, केन्द्रिय सल्लाहकार टंक पोखरेल, गुल्मी क्षेत्र नं ३ का संयोजक बुद्धि जिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी माओवादीले दिउँसो १,२,३ र ४ मा भेटघाट गरी आफ्रमा जनसभा सम्पन्न गरको थियो । सभामा एकीकृत नेकपा माओवादी केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्री, केन्द्रिय सदस्य दिनेश पन्थी, केन्द्रिय सल्लाहकार टंक पोखरेल, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा गुल्मी क्षेत्र नं ३ का संयोजक बुद्धि जिसी, ईलाका नं ११ का ईन्चार्ज भुपाल पोखरेल, उप ईलाका संयोजक टिकाराम पोखरेल, अखिल नेपा शिक्षक संगठन केन्द्रिय सदस्यहरु दशरथ घिमीरे, लक्ष्मी प्रसाद खनाल, दलित नेता सन बहादुर नेपाली लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । वाग्ला गाउँ कमिटी सदस्य सन बहादुर नेपालीको स्वागतबाट शुरु भएको कार्यक्रम वाग्ला गाउँ कमिटि अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरी एकीकृत नेकपा माओवादीले वाग्ला ५ लाहाटामा कोण सभा सम्पन्न गरको छ । कार्यक्रम गाउँ कमिटि सदस्य कृष्ण पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी राज्य समिति सदस्य कृष्ण नेपाली, अर्जुन रसाईलि, गुल्मी काठमाण्डौ गणतान्त्रिक मञ्चका ईन्चार्ज विमल खनाल, मञ्चका सचिव ज्ञानेन्द्र अधिकारी, लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कलाकारहरु ज्ञानेन्द्र अधिकारी, तारा लामिछाने, माधव जोन खत्री, दिनेश विसी लगायतले गीत संगीतले मनोराञ्जन दिनुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग