Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली काग्रेस गुल्मी क्षेत्र नं २ र ३ को चुनावी प्रचार तीब्र

Published on 4:34:00 PM //

सागर भण्डारी
गुल्मी, कार्तिक २६ । संविधान सभाको निर्वाचन आउन एक साता मात्रै बाँकी रहँदा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ ले आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ ।
घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त रहेको काँग्रेसले शुक्रवार देखि मुसिकोट गाउँ विकास समितिका विभिन्न वडाहरुमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिईरहेको छ । यसैबिच पार्टीप्रति आस्थावान व्यक्तित्वहरुबीच भेटघाट गर्दै नेपाली काँग्रेसको जित सुनिश्चित रहेपनि आफ्नो पक्षमा भोट पार्नको लागि सबैलाई एकजुट भएर लाग्न पनि आग्रह गरिएको नेपाली काँग्रेस मुसिकोट गाउँ कार्य समिति सभापति अर्जुन सिहं ठकुरीले जानकारी दिनुभएको छ । उक्त चुनावी प्रचार प्रसार अभियानमा राम बहादुर के.सी, शेर बहादुर कार्की, अनिशा के.सी,कर्ण बहादुर रायमाझी लगायतको टोलीले गाउँ विकास समितिको वडा नं १,२,३,४,६,७,र ८ मा चुनावी प्रचार कार्यक्रमलाई समापन गरिसकेको र अब बाँकी वडाहरुमा पनि प्रचार प्रसार कार्यलाई तिब्र पारिएको बताईएको छ । घरदैलो भेटघाट सगैं नेपाली काँग्रेसको चुनाव चिन्ह अकिंत झन्डा तथा ब्यानरहरु पनि वितरण गरिएको बताईएको छ ।
त्यस्तै नेपाली काँग्रेस क्षेत्र नं ३ को चुनावी प्रचार प्रसार अन्तर्गत पौदीअमराई र नेटा गाउँ विकास समितिमा पनि नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार अभियान तिब्र पारिएको जनाईएको छ ।
नेपाली काँग्रेस पौँदी अमराई गाउँ कार्य समिति सभापति हरिबहादुर थापा,पार्टीका क्रियाशिल सदस्य खडक बहादुर बलामी लगायतको नेतृत्वको टोलीले पौँदी अमराई गाउँ विकास समितिको सबै वडाहरुमा जन कार्यकर्ता भेटघाट सहित प्रचार प्रसारलाई तिब्रता दिईरहेको छ भने सोही टोलीले नेटा गाउँ विकास समितिको पनि वडा नं ३ र ४ वडामा पनि प्रचार प्रसार लगायत कार्यकर्ता भेटघाट कार्यलाई अगाडी बढाईरहेको बताईएको छ ।
साथै भोली पौँदी अमराइमा बृहत आमसभाको आयोजना गरिएको काँग्रेसले जनाएको छ ।
उक्त सभालाई पूर्व सांसद रुद्रमणि भण्डारी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बरिष्ठ अधिवक्ता डाक्टर बुद्ध बहादुर थापा सहित युवा नेता शिव के.सी, लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस गाउँ कार्य समिति पौँदीअमराईले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग