Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज युकेको पाञ्चायन उच्च माविलाई सहयोग

Published on 6:22:00 AM //

कुमार राउत
पाञ्चायन उच्च माविलाई गुल्मी जिल्ला समाज युकेबाट १ लाख ६५ हजार ६ सय ३५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

अभिभावक र उक्त स्कुलका देश विदेशबाट आएका पूर्व विद्यार्थीको पुनर्मिलन कार्यक्रममा समाजका सचिव शिव भण्डारीले उच्च मावि सञ्चालक समिति अध्यक्ष तथा पूर्व सभासद् टंक पोखरेल र प्रधानाध्यापक लगायत विद्यालय परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे । सचिव भण्डारीले यसअघि व्यक्तिगत रुपमा १ लाख १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।

अधुरो रहेको स्कुल निर्माणलाई पूर्णता दिन समाजले उक्त रकम उपलब्ध गराएको सचिव भण्डारीले गुल्मीन्युजलाई बताए । जन्मभूमि, अध्ययन गरेको स्कुल, आमा सरह भएको सचिव भण्डारीले बताए । विगत १३ वर्षदेखि बेलायत बसोबास गर्दै आएका भण्डारी गाउँ विकासका लागि सक्रिय छन् ।

सहायक जिल्ला प्रशासन प्रमुख ओमप्रसाद पाण्डेले गैरआवासीय नेपालीले गाउँ गाउँमा सहयोग उपलब्ध गराइरहेको बताए । उनले भने सहपाठी मित्र शिव भण्डारीमार्फत् गुल्मी जिल्ला समाज युकेले प्रदान गरेको सहयोग अविश्समरणीय रहने छ भन्दै रकम सही सदुपयोग होस् भन्ने कामना समेत गरे ।

कार्यक्रममा स्थानीय एमाओवादी नेता भूपाल पोखरेलले गुल्मी जिल्ला समाजले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले स्कुललगायत स्वास्थ्यको क्षेत्रमा पनि सहयोग हुने अपेक्षा राखे । दुर्गम क्षेत्र भएकाले सुलभ स्वास्थ्य उपचारका लागि एम्बुल्सन त्यस क्षेत्रका लागि अनिवार्य भएको पोखरेलले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वसभासद् पोखरेलले बाहिर बसेर समाजलाई सहयोग गर्न पे्ररित भइरहनुहोस् शुभेच्छा व्यक्त गरे । काठमाडौं– सम्पर्क समाजका अध्यक्ष राजनप्रसाद पोखरेलले समाज स्थापनाभएदेखि सहयोग गर्दै आएको र भविष्यमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको, जन्मभूमि छोडेर बाहिर बस्न बाध्य भए पनि जन्मभूमिको विकास निम्ति प्रेरित भएर समाज खोलिएको हो ।

यो समाजले गुल्मी जिल्ला युकेसँग सहकार्य र सहयोग माग्दै र गर्दै आएको गुल्मी जिल्ला समाज युकेको सहयोगले ऋणी भएको र आगामी दिनमा उक्त समाजबाट सहयोगको अपेक्षा गरे । कार्यक्रममा स्वागत मन्तब्य दिदैं शिक्षक लक्ष्मण पोखरेलले विद्यालयमा गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । सो कार्यक्रमको संचलान इन्द्र पोखरेलले गरे । विद्यालयले गुल्मी समाज युकेलाई एक पत्र लेख्दै धन्यवाद दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग