Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षेत्र नं. ३ मा पनि निर्वाचन आचार संहिता उल्लंघनमा तीव्र, आयोगमा उजुरीका चाङ

Published on 8:27:00 PM //

राम सुवेदी
संविधान सभा निर्वाचनलाई सभ्य, भव्य र शालिन बनाउने भन्दै दलहरु आफैले बनाएको निर्वाचन आचार संहिताको व्यापक उल्लंघन गरिएको पाइएको छ । जसका विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ताका चाङ लाग्न थालेकाछन् ।
आयोगका अनुसार बागलुङ क्षेत्र नं. ३ मा आचार संहिता उल्लंघन भएका केही मौखिक तथा केही लिखित मुद्धा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार एकीकृत नेकपा माओवादीका तर्फबाट सार्वजनिक स्थलमा वाल पेन्टिङ गरिएका, पोष्टरीङ गरिएका तथा पार्टीको झण्डा र चुनाव  चिन्ह अंकित टिसर्ट, झोला प्रयोग गरिएको, अनावश्यक बोर्ड व्यानर सहित प्रचार प्रसार माईकिङ गरिएको, विभिन्न स्थानमा विकास निर्माणका आस्वासन वाँडिएको भन्ने उजुरी पुगेको बताइएको छ भने नेपाली काँग्रेसले विभिन्न संघ संस्थालाई उमेदवारका नामबाट रकम सहगोग बोलिएको, पार्टीको झण्डा र चिन्ह अंकित टिसर्ट, टोपि तथा रुमाल वाँडेको, नियम विपरित गाडि प्रयोग गरि कार्यकर्ता ओसार पसार गरिएको, विभिन्न ठाउँमा होर्डिङ बोर्ड टाँगिएको, आचार संहिता विपरितको झण्डा प्रयोग गरिएको पाइएको छ । त्यस्तै नेकपा एमालेका तर्फबाट पनि सार्वजनिक स्थलमा पर्चा पोष्टर टाँसिएको, आचार संहिता विपरितको पार्टीको चिन्ह अंकित झण्डा टाँगिएको, आचार संहिता विपरित गाडिमा कार्यकर्ता आसारेको त्यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट पनि सार्वजनिक स्थानमा पोष्टरिङ आचार संहिता विपरित हुने गरि प्रचार प्रसारमा ठूला ठूला आवाजमा लाउड स्पिकर प्रयोग गरिएको पाइएको बताइएको छ ।
देशका विभिन्न स्थानमा आचार संहिता उल्लंघनका घटना तीव्र भइरहेको अवस्थामा वागलुङ क्षेत्र नं. ३ बाट निर्वाचनमा होमिएका दलहरुले पनि निर्वाचन आचार संहिता उल्लंघन गरिएका उजुरी निर्वाचन कार्यालयका दर्ता भएपछि  आयोगले उजुरी उपर छानविन गरिएको तथा प्रमाणित भएका तथ्यका आधारमा पहिलो पटकका लागि सम्बन्धित दलका कार्यालयमा सचेतता पत्र पठाउने तयारी भइरहेको निर्वाचन आयोगको कार्यलय बागलुङले जनाएको छ ।
सदरमुकाम लगायतका स्थानमा यसरी आचार संहिता विपरितको कार्य गर्नेलाई सचेतता बनाउँदै प्रहरी प्रशाशनले समेत यसो नगर्न कडाई गरेको भएपनि बुर्तिबाङ क्षेत्रमा भने त्यो भइरहेको छैन । अझै पनि खुलेआम पार्टीका कार्यकताहरु कार्यहरु गरिरहेका छन् । टिसर्ट र टोपि लगाएकै छन्। रुमाल तथा झोलाहरु वाँडिएकै छ । सरकारी तथा सार्वजनिक स्थलहरुमा वाल पेन्टिङ गरिएकै छ । त्यसको नियमन गर्ने संस्था र सरोकारला निकायको ध्यान नपुग्दा यसको न्यूनिकरणमा कसैको ध्यान पुगेको छैन ।
उता दलहरुले यस अघि पनि जिल्ला प्रशासन कार्यालयमा आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका थिए । तर कार्यन्वयन नगर्ने दलहरुलाई नैतिक संकट त पर्नेनै छ । यता संविधान निर्माण गर्ने भनेको विधिको शासन निर्माण गर्ने सदस्यहरुले नै आफै बनाएको नियम मिचेर यस्तो कार्यत्र गरिरहेका छन् भने जनतालाई कस्तो नीति नियम बनाएर देखाउलान त्यो भने हेर्न वाँकी नै छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग