Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली उमेदवारहरु तिहारमा ककस्ले के के गरे?

Published on 12:08:00 PM //

प्रेम सुनार
कार्तिक २०, गुल्मी । भाई टिकाको दिन गुल्मीका तिन वटै क्षेत्रका उमेदवारहरुको फोन लाग्न सकेको दिएन् । धेरै पटक प्रयास गरेपछि क्षेत्र नम्वर १ का एमाओवादी उमेदवार सुदर्शन वरालको फोन लाग्यो । कहाँ हुनु हुन्छ भनेर सोध्धा उनले भने जोहाङ गाविसमा घर दैलो गर्दै छौं । सवैले टिका लगाउन थाले तपाई घर न जाने भनेर भन्दा उनले भने–‘ मैले गत ८ वर्षदेखि तिहर मान्न छाडेको छु, मलाई तिहारसंग सम्वन्धीत श्रीराम–साम पन मर्दैन त्यसैले म टिका लगाउँ दिन ।’ उनले थपे–‘ तर जनताले मान्ने गरेको धर्म संष्कृतिका्े म सम्मान गर्छु र संरक्षणका लागि पहल गर्दै पनि आएको छु ।’ तिहारको अवशरमा के भनेर भोट माग्नु हुन्छ त भन्ने प्रश्नमा उनले भने–‘सर्व प्रथम त म सम्पुर्ण नेपालीहरुलाई दिपावलीको हार्दिक शुभकामना दिन्छु, साथै मैले विगतमा सभाषद भएर क्षेत्र नम्वर १ मा गरेका विकास निर्माण र संविधान सभामा गरेका अधुरा कामहरु पुरा गर्न क्षेत्र नम्वर १ का जनताले आफ्नो अमुल्य मत दिएर जिताउनु होस् भन्ने आग्राह गर्दछु ।’
त्यस क्षेत्रका कांग्रेस उमेदवार कृष्ण छन्त्याल र एमाले उमेदवार मैना भण्डारीसंग सम्पर्क हुन सकेन । कार्यकर्ताका अनुसार उहाँहरु पनि भाई टिकाको दिन घर दैलो मै ब्यस्त हुनु हुन्थ्यो । क्षेत्र नम्वर २ का एमाओवादी उमेदवार अशोक थापालाई सम्पर्क राख्दा घर दैलो सकेर भर्खर उपल्लो तम्घासस्थित डेरामा खाना खाँदै छु भन्दै थिए । ‘हिजो राती सम्म सिमीचौरस्थित गाउँवासीसंग भैलो खेलेर भोट मागियो ’थापाले भने –‘अव केहि वेरपछि छिमेकी गाउँ दुविचौरमा भैलो खेल्दै भोट माग्दै गर्ने कार्यक्रम छ ।’ उनले पनि गुल्मेलीहरुलाई दिपावलीको शुभकामना दिदै आफु क्षेत्र नम्वर २ मा नयाँ चेहरा भएको भन्दै अमुल्य मत दिई विजयी गराउन अनुरोध गरे ।
सो क्षेत्रका कांग्रेस उमेदवार चन्द्र भण्डारीसंग सम्पर्क राख्दा उनले आफ्नो गाउँ हुँगामा घर दैलो गर्दै गरेको वताए । भने–‘ म त अहिले वडा नम्वर ६ मा घर दैलो मै ब्यस्त छु, यस पाली मेरो टिका छैन् ।’ उनले पनि गुल्मेलीहरुलाई दिपावलीको शुभकामना दिदै भने–‘ मलाई यस पाली एक राष्ट्र भक्त र विकाश प्रेमी भएको नाताले क्षेत्र नम्वर २ का जनताले अमुल्य मत दिई जिताउनु होस भन्ने आग्राह गर्न चाहन्छु ।’ त्यस क्षेत्रका एमाले उमेदवार प्रदिपकुमार ज्ञवालीसंग सम्पर्क राख्दा भर्खर वलेटक्सार ५ स्थित दिदी सिता पौड्यालको घरमा टिका लगाउन आई पुगेको बताए । ‘अहिले दिदीको हातको टिका लगाउँदै छु, केहि वेर अघि सम्म वलेटक्सारका साथीहरुसंग चुनावी छलफलमा थियौ ’ज्ञवालीले भने –‘अव केहि वेरपछि वलेटक्सार २ स्थित घरमा जाँदैछु ।’ उनले पनि गुल्मेलीहरुलाई दिपावलीको शुभकामना दिदै भने –‘ म एउटा गुल्मेली छोरो यति बेला राष्ट्रिय राजनितिको केन्द्रमा छु, जिल्लाको विकास गर्न, शान्ति र लोकतन्त्रलाई संस्थागत गर्न गुल्मेलीहरुले जिताउन आवस्यक छ भनेर म भोट माग्न चहान्छु र यस पाली पनि क्षेत्र नम्वर २ वासीले जिताउनु हुन्छ भन्ने कुरामा ढुक्क भई सकेको छु ।’ क्षेत्र नम्वर ३ का कांग्रेस उमेदवार त्रैलोक्य प्रताव सेनसंग सम्पर्क राख्दा दुई पटक फोन उठेन । तेश्रो पटक फोन उठ्दा काठमाण्डौ छु भनियो । पख्नुस म पछि यतैबाट गर्छु भनेर राखिएको फोन पछि आएन ।
सो क्षेत्रका एमाले उमेदवार गोकर्णराज विष्ट संग संपर्क राख्दा उनले मुटु भक्कानिने गरी पटक पटक नियतिले आफु माथी गरेको वज्रपातको पिडा सुनाए । ‘ कहिले चुनावमा भाई गगनको हात विपक्षीबाट काटियो । कहिले आफु मन्त्री हुँदा आक्रमण गरियो, अनि बाबु आमाको चौरासी पुजा गर्छु भन्दा आफन्तजन गाडी दुर्घटनामा परेर गुमाउनु प¥यो’ उनले भने ‘यो चुनावमा उमेदवारी मनोनयन गर्ने बेवामा वुवाको सात दिने क्रृयाक्रममा थिएँ ।’ उनले थपे –‘ नियतिले जति वज्रपात गरे पनि हरेस खाएको छैन , देश र समाजका लागि केहि गर्छु भन्ने मान्छेलाई नियतिले बज्रपात गर्न सक्छ तपाईले पनि हरेस नखानु होला प्रेम जी, म तपाईको प्रतिभा देखि प्रभावित छु, त्यसलाई अझ माथी उठाउन म जहाँ रहेपनि लागि पर्ने छु । ’ उनले पनि गुल्मेलीहरुलाई दिपावलीको शुभकामना दिदै भने –‘ शान्ति र समृद्ध नेपाल निर्माणका लागि क्षेत्र नम्वर ३ का जनताले मलाई आफ्नो अमुल्य मत दिएर जिताउनु होस् । ’
सो क्षेत्रका एमाओवादी उमेदवार वामदेव क्षेत्रीसंग सम्पर्क राख्दा उनि वाग्लामा घर र्दैलो गर्दै गरेको बताए । ‘अहिले वाग्लामा घर दैलो गर्दै छु, केहि वेर पछि भनभने हुँदै पुर्कोटदह घरमा गएर तिन दिदी बहिनीका हातबाट २२ वर्षपछि टिका लगाउँ छु ’–उनले भने । ‘दश वर्षे जन युद्ध र त्यस अघि भारतको जवाहरुलाल विश्व विद्यालयको प्राध्यापक रहेकोले २२ वर्ष सम्म वहिनीको हातबाट टिका लगाउन पाएको थिईन’ उनले भने–‘ यति वेला चुनावमा उमेदवार र तिहारको टिका मेरा लागि ठुलो अवसर हो ।’ उनले पनि सम्मुर्ण गुल्मेलीहरुलाई दिपावलीको शुभकामना दिदैं भने –‘क्षेत्र नम्वर ३ को विकास गर्न र जन मुखी संविधान निर्माण गर्र्न मलाई यहाँका जनताले अमुल्य मत दिएर जिताउनु हुनेछ भन्ने कुरामा म ढुक्क भई सकेको छु । ’
यि उमेदवारहरु मात्र जनतासंग तिहार मनाएनन उनका कार्यकर्ताहरु पनि भाईटिकाको दिन जनता संग थिए । एमाओवादी क्षेत्र नम्वर ३ का चुनाव जन परिचालन समिति संयोजक बुद्धि जि.सी भनभनेमा घर दैलो गर्दै थिए । कांग्रेसका दामोदर भुसाल, एमालेका सोमनाथ सापकोटा, लक्ष्म्ण पराजुली, क्षेत्र नमवर २ एमाओवादीका संयोजक मनिराम ज्ञवाली, एमालेका खड्ग के.सी, क्षेत्र नम्वर १ का एमाओवादी संयोजक युवराज केसी, एमालेका १ का जिवन खरेल, वालसिंह काउछा लगायत प्रया सबै दलका नेता कार्यकर्ताहरु भाई टिकाको दिन जनतासंगै थिए ।
यसर्थ पनि यस पालीको चुनाव र तिहार ति नेता कार्यकर्ता र जनताका लागि पछि सम्म स्मरण गरी रहने बनेको छ । भाई टिकाको दोश्रो दिन एमाओवादी क्षेत्र नम्वर ३ ले पुर्कोटदहमा विशाल आम सभा गर्दै छ । आम सभालाई एमाओवादी नेता टोपबहादुर रायमाझीले सम्वोधन गर्ने जनाईएकोछ । एमाले, कांग्रेस र अन्य साना दलहरुले पनि तिहारलाई भोट माग्ने महत्वपुर्ण अवसर बनाएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग