Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पिडित घिमिरेलाई कोरिया वाट ८५ हजार आर्थिक सहयोग

Published on 4:21:00 AM //

अनिल खत्री
गुल्मी, कार्तिक २१ । गत वर्ष देखि ब्लडक्यान्सरले पिडीत गुल्मी हस्तिचौरका वालक रमेश घिमिरेलाई गुल्मीबाट कोरियामा कार्यरत नेपालीहरुको बिषेश पहलमा सहयोग गरेका छन । ब्लड क्यान्सर पिडित वाललको उपचारको लागी ठुलो रकम लाग्ने भएकाले त्यो रकम आफु संग नभए पछि उनका वुवाले छोराको उपचारका लागी सहयोग गरिदिनका लागी बिभिन्न संघ संस्थालाइ गुहारे पछि गुल्मीबाट कोरियामा बस्दै आएका नेपाहरुबाट रु ८५ हजार सहयोग उठाएर पठाएका हुन ।
गुल्मीबाट कोरियामा रहदै आएका छत्र प्रसाद श्रेष्ठ र टामलाल के.सी को संयोजनमा कोरियामा कार्यरत २८ जना नेपालीहरुले उक्त रकम उठाएको बताइएको छ । यसरी उठाएर पठाएको रकम सदरमुकाम तम्घासमा आज एक कार्यक्रमका बिच छत्र प्रसाद श्रेष्ठका भाई प्रेम श्रेष्ठले पिडीतका बुवा रामलाल घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ ।
यसरी रकम पठाउनेहरुमा छत्र प्रसाद श्रेष्ठ, टामलाल केसी, नविन कुवँर, बसन्त कुवँर, राजेन्द्र घिमिरे, बाबुराम खनाल, कृष्ण खनाल, प्रमोद कुवँर, बिष्णु थापा, बिद्यासागर राई, मनोज थापा, बिष्णु लम्साल, दिपेस केसी, सुरेस केसी, नविन पन्थी, अमृत थापा, मेजर सम्प्ररण राई, सन्दिप राई, सुजन पन्थी, चन्द्र रेश्मी, गणेश थापा, गोबिन्द गुरुङ, नारायण, बिनम, मञ्जु, अर्जुन, लोकेन्द्र लगायत हुनुहुन्छ ।
ब्लड क्यान्सर पिडीत रमेश घिमिरे गत वर्ष देखि काडमाडौको कान्ति वाल अस्पतालमा उपचार गराई रहेका छन । उनको उपचारमा ठुलो रकम लाग्ने डाक्टरहरुले बताईरहेका छन भने त्यो रकम आफु संग नभएकाले अन्य मानुभावलाइ सहयोग गरिदिनु हुन उनका वुवा रामलाल घिमिरेले आग्रह समेत गरेका छन । सहयोग गर्ने महानुभावलाई राष्ट्रिय वाणिज्य बैँक महाराजगन्ज शाखा खाता नं.३५२४७ मा जम्मा गरिदिनुहुन समेत पीडितअका बुवाले आग्रह गर्नुभएको छ । क्यान्सर पिडित घिमिरेको अहिले स्वाथ्यमा सुधार आएको उनका बुवा रामलालले बताउनुभएको छ । क्यान्सर पिडित घिमिरे गुल्मी हस्तिाचैरको पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढने बिद्यार्थी हुन उनी गत वर्ष चैत्र महिनामा संत्तचालन भएको एस एल सी परिक्षामा सहभागि हुने बिद्यार्थी हुन तर अस्वाथ्यताका कारण उनी परिक्षामा सहभागि हुन पाएनन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग