Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कांग्रेस गुल्मीले गाउँ सभापति र सचिबहरुको भेला गर्‍यो, सभापतिहरुद्वारा गाउँ गाउँको रिपोर्टिङ गरे

Published on 4:26:00 AM //

संगिता कुवँर
कार्तिक २१, गुल्मी । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ ले आज सदरमुकाम तमघासमा आयोजना गरेको आफ्नो क्षेत्र अन्तर्गतका सम्पुर्ण गाविसका पार्टी तथा भातृ संगठन नेपाल तरुण दलका सभापति र सचिवहरुको संयुक्त भेला सम्पन्न्न भएको छ । भेलामा उनीहरुले गाविसको पार्टीको रिपोर्टिङ्ग प्रस्तुत गरेका थिए । भेलालाई नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेद्वार चन्द्र भण्डारीले सम्बोधन गर्नुभएको थियो सोही भेलामा नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्र के.सी.,पुर्व सांसद भागवत ज्ञवाली लगाएतले मन्त्व्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला तथा गाउँका नेता तथा कार्यकर्ताहरु सहभागिता रहेको थियो । सहभागी गाउँ सभापति तथा सचिवहरुले आ–आफ्नो क्षेत्रको पार्टीको रिपोर्टिङ्ग गर्नुका साथै त्यस विषयमा छलफल समेत भएको थियो । चुनाव प्रचार प्रसार समितिका अध्यक्ष एबं क्षेत्रीय सभापति अशोककुमार थापाको अध्यक्षतामा सम्पन्न भेलामा क्षेत्रीय सदस्य मधु ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन चुनाव प्रचार प्रसार समितिका सह संयोजक खिलध्वज पन्थीले गर्नुभएको थियो ।
यस्तै नेपाली काँग्रेस क्षेत्र नंं ३ गुल्मीको घमिर गाविसमा चुनावी सभालाई सम्वन् भएको छ । सभालाई नेपाली काँग्रेस क्षेत्र नंं ३ गुल्मीका उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो ।कार्यक्रममा नेपाली काँग्रेसकाचुनाव प्रचार प्रसार समितिका संयोजक पुर्व संसद रुद्रमणी शर्मा भण्डारी, क्षेत्रीय संयोजक दामोदर भुसाल लगाएतले मन्त्व्य ब्यक्त गर्नुभएकको थियो । सभामा काँग्रेस जिल्ला सहसचिव हरिबहादुृर के.सी., महाधिबेशन प्रतिनिधी कृष्ण नेपाली, महाधिबेशन प्रतिनिधी सिता अर्याल, महासमिति सदस्य डा. बुद्धबहादुर थापा, जिल्ला सदस्य शिव के.सी., तरुण दलका जिल्ला सदस्य केशवप्रसाद भण्डारी, काँग्रेस क्षेत्रीय कोषाध्यक्ष भोजप्रसाद श्रेष्ठ, दलित संघ क्षेत्रीय संयोजक तेजबहादुर विक, ऋर्जै गाउँ कार्य समितिका सभापति दिपक भण्डारी, इश्मारजस्थलका केशव कुवँर, छापहिले लगायतले मन्तव्य राख्नुभएको थियो ।घमिर गाउँ कार्य समितिका सभापति कविराम पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व महासमिति सदस्य ज्ञानबहादुर कार्कीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव मानबहादुर खड्काले गर्नुभएको थियो ।......................
नेपाली काँग्रेसले आज सदरमुकाम तमघास लगायत विभिन्न स्थानमा चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
आज सदरमुकाम तमघास बजारमा गरिएको घरदैलो कार्यक्रममा उम्मेद्वार चन्द्र भण्डारी, जिल्ला सभापति चन्द्र के.सी, उपसभापति भुवनप्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल लगायत पार्टीका जिल्ला तथा गाउँ कार्य समितिका पदाधिकारी, विभिन्न भातृ संगठनका पदाधिकारी तथा सर्वसाधारणहरुको समेत सहभागिता रहेको थियो । त्यस्तै तमघासकै वार्ड नं. ९ नेटा र कुडाँपानीमा पनि चुनावी सभा आजै सम्पन्न भएको छ । सभालाई प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य एबं क्षेत्र नं. २ का उम्मेद्वार चन्द्र भण्डारी, पार्टीका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, सदस्य शालिक पन्थी, तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, रुद्र पाण्डे, दीर्घ पाण्डे लगायतले मन्त्व्य ब्यक्त गर्नुभएको थियो । ज्ञानेश्वर पन्थीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन शालिकराम पन्थीले गर्नुभएको थियो । त्यस्तै सोही स्थानमा नेपाल महिला संघले चुनाव प्रचार प्रसार समितिको गठन गरेको छ ।समितिको संयोजकमा छमकला पन्थी र सह संयोजकमा पुष्पा पाण्डे लगायत ५५ सदस्यीय रहनुभएको छ । संघकी तमघास गाउँ कार्य समिति अध्यक्ष अमृतादेबी कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी पाण्डेले गर्नुभएको थियो ।।।।।।।।।।।।।।।।।।।।।।।।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग