Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पर्वतमा गोली चल्यो, तीन घाइते

Published on 4:53:00 PM //

फलेबास (पर्बत), मंसिर ४ । ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको छ।  मतदान भइरहेका बेला एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले होहल्ला गर्न थालेपछि हवाई फायर भएको हो।

प्रहरीका अनुसार तीन राउन्ड हवाई फायर भएको हो। झडपका क्रममा भएको भागदौडमा तीन जना घाइते भएका छन्। घाइते हुनेमा वडा नंं ८ का प्रेम लामिछाने, रवण लामिछाने र होमनाथ भन्ने व्यक्ति घाइते भएका छन्। घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनालाई नियन्त्रणमा लिनका लागि सदरमुकामबाट थप दुई टोली सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। झडपका कारण उक्त केन्द्रमा केही समय मतदान अवरुद्ध भएको थियो।

 पर्वतका अन्य मतदान केन्द्रमा सामान्य झडप भए पनि कुनै अप्रिय घटना नभएको र सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सुचारु भइरहेको प्रहरीले जनाएको छ। रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग