Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कलाकार जितु नेपाल मुन्द्रे लण्डनमा

Published on 5:05:00 AM //

लण्डन—हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को टोली यतिबेला लण्डन आइपुगेको छ। चार साता लामो कार्यक्रम तय गरेर उनीहरु लण्डन आएका हुन्। कार्यक्रमको व्यस्तताले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनमा मतदान गर्न नपाएकोमा जितुले दुःखेसो पोखे।
‘संविधानसभाको निर्वाचनमा भोट हालेर केही पाइने होइन, पेशा गरेर खानुपर्ने मान्छे, नेता खुसी पार्नभन्दा दर्शक खुशी पार्न लण्डन आएको हुँ’, जितुले भने।
काठमाडौं क्षेत्र नं २ का मतदाता जितुले कुनै पनि पार्टीको बहुमत नआउने भविष्यवाणी गरे। डाँफे इन्टरटेन्टमेन्टको आयोजनामा बेलायतका विभिन्न शहरमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन्। नेपाली समुदायको घनाबस्ती भएको सबै क्षेत्रमा कार्यक्रम गर्ने योजना रहेको कार्यक्रम संयोजक सुमन अधिकारीले बताए।
जितु तेस्रो पटक बेलायतमा कार्यक्रम लिएर आएका हुन्। जितु यस पटक सोसियल मिडिया प्रयोगकर्तामाथि व्याग्य हान्ने दाउमा छन् । विदेशप्रति नेपालीको मोह, फेसबुक, च्याटिङ आदि बिषयलाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गर्ने उनले बताए । राम्रो कथा सोच्दै छु ठ्याक्कै दिमागमा आयो भने जिरे खुर्सीनीको केही भाग पनि सुटिङ गर्छु उनले भने ।
मंगलवार लण्डन आइपुगेका जितुलाई पूर्वीय गायक खेम गुरुङ, शम्भु राई र भीम निरौलाले कार्यक्रममा साथ दिने छन् । केन्ट, फेलथाम, पलम्स्टेड, अल्डरसट, फानब्रो, बेम्लीलगायत करिब दुई दर्जन स्थानका कार्यक्रम गर्ने उनीहरुको तयारी छ । -नेपाल ब्रिटेन डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग