Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङका तीनै क्षेत्रमा कांग्रेसको कब्जा

Published on 8:24:00 PM //

बागलुङ, मंसिर ८ । बागलुङ जिल्लाका तीनै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ ।
पछिल्लो परिणाम अनुसार क्षेत्र नं ३ बाट ज्ञानकुमारी छन्त्याल १० हजार ८९ मत ल्याएर विजयी भएकी छन् । उनले निकटतम प्रतिव्दन्दी एमाओवादीका तुलसी अर्याललाई पराजीत गरेकी हुन् । अर्यालले ८ हजार २ सय १२ र एमालेकी शान्ति अधिकारीले ५ हजार २९ मत प्राप्त गरेका छन् । जिल्लाको १ र २ क्षेत्रबाट कांग्रेसका पार्टी सचिव हरिबहादुर खडका र पार्टी सभापति प्रकाश पौडेल विजयी भएका छन् ।
यस विजयसंगै कांग्रेसमा उत्साह छाएको छ भने अन्य दलहरुमा पराजयको पीडा । खासगरी यस निर्वाचन परिणामले नेकपा एमालेलाई गम्भीर चिन्तनको स्थितिमा खडा गरि दिएको छ । आफनो मातहतको १ नं क्षेत्र फुत्कनुको असह्य पीडा त छँदै छ त्यस्मापनि २ र ३ नम्वर क्षेत्रहरुमा प्राप्त मतसंख्याले समेत चिन्तामा पारेको छ । त्यसबाहेक यस निर्वाचनको परिणामले अन्य केही दलहरुलाई जहिलेसुकै धाक, धम्की र लौराको बलले मतदाताहरुको मन जित्न नसकिने यथार्थ बोधपनि गराएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग