Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शौचालयमा बसेकी परियारलाई घर बनाउन १ लाख २२ हजार सहयोग

Published on 8:09:00 PM //

प्रेम सुनार
मंसिर ८, गुल्मी । गत पाँच वर्षदेखि शौचालयमा बस्दै आएकी गुल्मी मरभुङ सिमलटारीकी ज्ञानी परियारलाई गुल्मी जिल्ला समाज युकेले घर ब्यवस्थापनका लागि रकम हस्तान्तरण गरेको छ । समाजका उपाध्यक्ष केशव भण्डारीले सोही स्थानमा पुगेर एक समारोहका विच १ लाख २२ हजार २६ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
ज्ञानी र उनका तिन वेवरिसे छोराहरु पाँच वर्षदेखि स्थानिय युवाहरुले निर्माण गरेको सार्वाजानिक शौचालयमा वस्न विवश भएको समचार पहिलो पटक गुल्मीन्युज डट कम मार्फत रेडियो पत्रिका ओझेलका खवरमा सुनेपछि समाजका सवै सदस्यको मन छोएर रकम संकलन गरी उनको घर ब्यवस्थापन गरी दिने निर्णय गरिए अनुसार समाजको तर्फबाट आफु हस्तान्तरण गर्न आएको भण्डारीले बताए । मालिका महिला विकास समिति मरभुङ महिलाहरुलाई घर ब्यवस्थापन गर्ने जिम्मेवारी दिदै सो रकम तत्काल काम सुरु गर्ने गरी समितिकी अध्यक्ष पुनम अर्याललाई हस्तान्तरण गरिएको छ । अर्यालले सो रकम बैँकमा खाता खोली राखी दिएको र तत्काल घर ब्यवस्थापनको काम सुरु गर्ने जानकारी दिईएकी छन् ।

यो पनि पढ्नुहोस् 

गुल्मी घर भई वेलायतमा बसेर मानविय उद्धारको क्षेत्रमा उल्लेखनिय भुमिका निभाउने समाजका सवै सदस्यप्रति मरभुङ्गका राजनैतिक दलका नेता एवं समाज सेवीहरुले आभार प्रकट गरेका छन् । उनिहरुले यतिका वर्षदेखि लुकेको समाचार आभेmलका खवरले उठाएकोप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।  कार्यक्रममा एकिकृत नेकपा माओवादीका सुर्यहादुर जिसी, नेपाली कांग्रेसका दधिराम पौड्याल नेकपा एमालेका टिकाबहादुर जिसी, मरभुङ्ग गाविस सचिव गंगाबहादुर घिमिरे , समाज सेवीहरु ओमबहादुर बुढा मगर, कृष्ण पुरी, नेपाल रेडक्रश सोसाईटी मरभुङ्ग उपशाखाका उप सभापति कृष्णप्रसाद भण्डारी लगायतको आतिथ्यता थियो ।
स्थानिय सवै पक्षले ज्ञानी परियारको घर ब्यवस्थापन युके समाजले गरी दिएको र अन्य कार्यको लागि थप सहयोगको अपिल समेत गरेका छन् । यसै विच गुल्मी जिल्ला समाज युकेले विश्व अपाङ्ग दिवसको अवसरमा गुल्मी तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको सहयोगार्थ च्यारिटी कार्यक्रमको आयोजना गरेको समाजका उपाध्यक्ष भण्डारीले जानकारी दिए ।
समाजका उपाध्यक्ष केशव भण्डारीले आफ्नी माता कौशलादेविभण्डारीलाई विशिष्ट सदस्य बनाउँदै नेपाल रेडक्रश वस्तु उप शाखालाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेको शाखाले जानकारी गराएको छ । समाजले गुल्मीको खैरेनी, वस्तु र आशा अपाङ्ग केन्द्र सहित तिन वटा एम्वुलेन्स सेवा जिल्लावासीलाई प्रदान गरेको छ । उसले जिल्लाको शैक्षिक क्षेत्रमा समेत एक करोड भन्दा बढि सहयोग गरी सकेको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग