Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काठमाडौंमा समानुपातिकतर्फ राप्रपा-नेपाल अगाडि

Published on 8:43:00 PM //

काठमाडौं, मंसिर ८ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको प्रारम्भिक मतगणनामा राप्रपा- नेपालले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, २ र ५ मा कांग्रेस, एमाले र एमाओवादी भन्दा अगाडि देखिएको छ ।

क्षेत्र नम्बर १ मा गणना भएको ९,५६९ सदर मतमा राप्रपा नेपालले ३ हजार २ सय १५, क्षेत्र नम्बर २ को ५ हजार ८ सय ६६ सदर मतमध्ये १ हजार ९ सय ६३ र ५ को ७ हजार ६ सय ३१ मध्ये २ हजार ८९ मत प्राप्त गरेको छ ।

जुन प्रत्येक्षतर्फ कुल मत गणनामा पाएको मतको झण्डै आधा हो ।

एमालेले एक नम्बर क्षेत्रमा ९ सय ९, दुईमा  १४९८  र पाँचमा २ हजार २ सय १४ पाँचमा प्राप्त गरेको छ भने कांग्रेसले क्रमशः २९५४, ११९१ र १८८६ प्राप्त गरेको छ । एमाओवादीले १ मा ९४८, दुइमा ५९९ र पाँचमा ५९० मत प्राप्त गरेको छ । राप्रपाले भने ५ मा बाहेक १ र २ नम्बर क्षेत्रमा ५० मत भन्दा बढी छैन । -सेतोपटिबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग