Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"एमाले नेत्री मैनाले हार्नु दुर्भाग्य हो"

Published on 3:18:00 AM //

प्रेम सुनार
गुल्मी, १३ मंसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नं २ का नवनिर्वाचित सभाषद चन्द्र भण्डारीले गुल्मीमा एकमात्र महिला उम्मेदवार एमालेकी मैना भण्डारी सहित देशभरीका अधिकांस महिला उम्मेदवारहरु चुनावमा पराजीत हुनु दुर्भाग्य भएको बताउनुभएको छ । उहाँले संविधान सभामा महिलाका आवाज बुलन्द गरी नयाँ संविधानमा महिला अधिकार स्थापित गर्नका लागि सभाषदमा महिलाहरु पनि विजयी हुनुपर्नेमा उनीहरुको पराजय दुर्भाग्य भएको बताउनुभयो । सञ्चारीका समूह गुल्मीले तम्घासमा आयोजना गरेको संविधानसभामा महिला सहभागीता र लैंगिक मुद्धा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
भण्डारीले गुल्मी जिल्लामा एकमात्र महिला उम्मेदवार नेकपा एमालेकी मैना भण्डारी र अर्घाखाँचीमा काँग्रेसकी पुष्पा भुसालको पराजयले आफूलाई पनि नराम्रो लागेको बताउनुभयो । ‘मैना भण्डारी गुल्मीबाट र पुष्पा भुसाल अर्घाखाँचीबाट जित्नु पर्दथ्यो – उहाँले भन्नुभयो – उहाँहरु दुवैजना शशक्त महिला नेतृ हुनुहुन्थ्यो तर हार्नुभयो ।’ नेता भण्डारीले दलहरुले महिलालाई प्राथमिकता दिनुको साटो महिलालाई उम्मेदवार बनाउदा पुरुष संग प्रतिस्पर्धा गर्नुपर्ने वातावरणका कारण महिला सभाषद कमि भएको बताउनुभयो । ‘हाम्री विष्णु जी पनि शशक्त हुनुहुन्छ, तर उहाँ उठे मैले छाड्दीन– कार्यक्रममा सहभागी काँग्रेस नेतृ विष्णुकुमारी सापकोटालाई ईङ्गीत गर्दै भन्नुभयो – यस्तै अवस्थाका कारण महिलाहरु पछाडी परेका छन् ।’ आफूले अव समानुपातिकतर्फ महिला सभाषद् छनौट गर्ने कुरामा आवाज उठाउने उहाँको प्रतिवद्धता छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले महिलाहरु सभाषद् बनेर गएपनि उनीहरुको आवाज नसुनिने अवस्था रहेको बताउनुभयो । अघिल्लो संविधानसभाको उदाहरण देखाउँदै ६ सय १ जना सभाषद् भएपनि १० जनाको मात्र निर्णायक भूमिका रहेको र अरु ५ सय ९१ जना घाम ताप्ने र उनीहरुका कुरा सुन्ने शिवाय अरु केही नभएको उहाँको धारणा थियो । उहाँले राजनैतिक क्षेत्रमा भन्दा कर्मचारी तन्त्रमा महिलाहरुको उल्लेख्य सहभागीता रहेको बताउँदै अवको ५-७ वर्षमा सिँहदरबारभित्र पुरुष कर्मचारी देख्न नपाईने ठोकुवा गर्नुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग