Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"मेरो तलवले गरिवका छोराछोरी पढाउँछु" ः चन्द्र भण्डारी

Published on 3:11:00 AM //


जनार्दन घिमिरे
गुल्मी, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का संबिधानसभा सदस्य चन्द्र भण्डारीले संविधान सभा सदश्य भए वापत आफुले पाउने तलव रकम गरिबका छोराछोरीलाई पढाउनको लागि खर्च गर्ने वताउनु भएको छ । उहाँले अहिले पनि दलित तथा विपन्न बर्ग शिक्षाको ज्योतिबाट वञ्चित रहेको भन्दै आफूले आफ्नो तलब बापतको रकम उनीहरुको शिक्षामा खर्चिने वताउनु भएको हो ।
संचारिका समूहले आज सदरमुकाम तम्घासमा आयोजना गरेको “संविधानसभामा महिला सहभागिता, लैङ्गीक मुद्दा र मिडियाको भूमिका” विषयक अन्तकृया कार्यक्रममा वोल्दै नेता भण्डारीले संचारकर्मिहरु माझ यस्तो जानकारी दिनु भएको थियो । ‘मैले अहिले सम्म जति दुख व्यहोरे व्यहोरे, मेरो जीवन यसरी नै चल्छ’ भण्डारीले भन्नु भयो, ‘मलाई आउने तलब गरिबका छोराछोरीको शिक्षामा खर्च गर्छु ।’ निर्वाचन भन्दा अगाडिको समयमा पनि बिभिन्न ठाउँका आयोजित चुनावी सभाहरुमा समेत उहाँले उक्त प्रतिवद्धता व्यक्त गर्दै आउनु भएको “राजनीति भनेको त्याग हो भन्दै यो कामको शुरुवातले नयाँ शन्देस प्रवाह गर्नेछ, ताकि सवैले यस्तै सहयोग गर्नेहो भने गरिवका छोराछोरी विद्यालयजानवाट अव वन्चित हुने छैनन्” भण्डारीले भन्नु भयो । भण्डारीले जनता मालिक र नेता नोकर भएको बताउँदै बर्गिय रुपमा कमजोर हुने गरिबका छोराछोरीको पढाईखर्चमा आफू समर्पित हुने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष जनार्दन घिमिरेले “संविधानसभामा महिला सहभागिता, लैङ्गीक मुद्दा र मिडियाको भूमिका” विषयक कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग