Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका सिडिओ ढकालले माओवादी नेतालाई सोधे: यूवराज जी! सिर्जना जीका कपडा कति धुनुभयो ?

Published on 3:26:00 AM //

प्रेम सुनार
गुल्मी १३ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला एक कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले महिलाले नै पुरुषलाई माथी पार्ने काम गरेको बताउनुभएको छ । उहाँले महिला स्वयंले खाना पकाउने, भाँडा माझ्ने र पुरुषका कपडा धुने गरेको तर ति काम पुरुषलाई गर्न नदिएर पुरुषलाई माथी पार्ने काम गरेको बताउनुभयो ।
सञ्चारीका समूहले गरेको संविधानसभामा महिला सहभागीता र लैंगिक मुद्धा विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले कार्यक्रममा महिलाले पुरुषलाई घरधन्दाको काम गर्न नदिने बताउनुभयो । ‘यूवराज जी, तपाइँका कपडा त सिर्जना जी ले धेरैपटक धुनुहुन्छ होला, तर तपाईँले चाहिँ सिर्जना जीका कपडा कतिपटक धुनुभयो ।’– कार्यक्रममा सहभागि एमाओवादी नेता यूवराज केसि र संगै रहेकी उहाँकी श्रीमती समानुपातिक उम्मेदवार सिर्जना तरामुलाई प्रश्न गर्दै भन्नुभयो – ‘उहाँहरु त यहाँ दुवैजना आएको भएर पात्र बनाईयो, तर यस्तो पात्र म पनि एक हुँ र यहाँ सहभागी पुरुष महिला सबै हाँै ।’
उहाँले आफूले समेत कहिले त्यसो नगरेको प्रष्ट पार्नुभयो । बोली र व्याबहारको यो अन्तर चिर्नुपर्ने जिकीर गर्दै उहाँले समान व्याबहार घरेलु कामबाटै शुरु हुन सके वास्तविक समानता आउने अन्यथा गोष्ठि सेमिनारमै सिमित रहने उहाँले बताउनुयभो । – ढकालले भन्नुभयो – सबैका श्रीमतिले घरधन्दाको काम गर्न पुरुषलाई गर्न लगाउँदैनन् तवसम्म काममा असमानता रहि रहने छ ।’
‘यतिबेला महिलाहरुले ३३ प्रतिशतको माग गर्नुभएको छ के महिलाको संख्या हेर्ने हो भने ३३ प्रतिशत मात्रै हो ? –यस्तो प्रतिप्रश्न गर्दै ढकालले भन्नुभयो – खास त उहाँहरुले ५० प्रतिशत भन्दा माथीको सहभागीता खोज्नुपर्ने हो किनकी देशमा उहाँहरुको संख्या नै धेरै छ ।’ सदनमा पुगेपनि महिलाहरु सिमित केही नेताहरुको कुरा सुन्नेमात्रै अवस्था देखिएकोले आफ्नो अधिकारका लागि निर्णायक बन्नेतर्फ लाग्नुपर्ने उहाँको जोड थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग