Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमेरिकासँग गुगल रिसायो

Published on 6:11:00 AM //

काठमाडौ, कार्तिक १४ - आफ्नो डाटा लिंक सरकारले ह्याक गरेको रिपोर्ट सार्वजनिक भएपछि गुगलले अमेरिकी सरकारप्रति दुख व्यक्त गरेको छ । अमेरिकी पत्रिका वासिंटन पोष्टले प्रकाशित गरेको समाचारमा सरकारले गुगलको डाटा लिंक ह्याक गरेको समाचार प्रकाशित गरेको छ ।अमेरिकी गुप्तचर निकाय नेशनल सेक्युरिटी एजेन्सीका पूर्व कर्मचारी एड्वार्ड स्नोडेनले सार्वजनिक गरेको तथ्यका आधारमा उक्त समाचार प्रकाशित भएको हो ।
गुगलका एक कार्यकारीले  आफूहरुलाई सरकारले ह्याक गरेको बिषयमा कुनै जानकारी नभएको भन्दै तत्काल पुर्चसंरचनाको आवश्कयता परेको औंल्याएका छन् । पोष्टले प्रकाशित गरेको समाचारमा नेशनल सेक्युरिटी एजेन्सीले गुगल र याहुले सञ्चालन गरेको डाटा सेन्टरको लिंक ह्याक गरेको दाबी गरिएको छ ।
नेशनल सेक्युरिटी एजेन्सीका निर्देशकले आफूले ती कम्पनीको कम्प्युटर ह्याक नगरेको दाबी गरेका छन् । निर्देशक जेन केथ एजेक्जेन्डरले भनेका छन्,'ती कम्पनी सर्भरमा छिर्न र डाटा लिन हामीलाई अनुमति छैन् ।'
अमेरिकी गुप्तचर निकायको महत्वपूर्ण सूचना चुहाएर हाल रुसमा शरणार्थी बनेर बसेका स्नोडेनले सार्वजनिक गरेको तथ्यमा गुप्तचर निकायले ती कम्पनीको आन्तरिक नेटवर्कबाट दिनहुँ करोडौं रेकर्ड लिने गरेको दाबी गरिएको छ ।
एजेन्सीले ती कम्पनीको फाईबर-अप्टिक केबल काटेर तथ्यांकहरु लिने गरेको दाबी गरिएको छ । अमेरिका बाहिर केबल काटेर तथ्यांक लिने गरिएको दाबी गरिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग