Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मलेसियामा ९ नेपाली सुरक्षागार्ड समातिए

Published on 6:10:00 AM //

मलेसिया, कार्तिक १६ - गैरकानुनी काम गरेको अभियोगमा ९ जना नेपालीलाई मलेसियाली अध्यागमनले समातेको छ । समातिनेमा ९ नेपालीसहित चिनिया, भियतनामी र थाइ गरि ४० विदेशी समातिएका मलेसियाली समाचार संस्था बर्नामाले उल्लेख गरेको छ ।
बर्नामाले बिहीबार आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार ती नेपालीहरुलाई बुधबार राती मलाकास्थित विभिन्न कम्पनीहरुबाट छापा मारेर नियन्त्रणमा लिइएको हो । समातिने नेपालीमध्ये ८ जना सुरक्षा गार्ड र अर्का एकजना 'जिआरओ' को रुपमा कार्यरत रहेका उल्लेख गरीएको छ ।
करिब १ महिनाअघि मलाकाकै आइक्रो भन्ने स्थानमा १५ नेपाली सुरक्षागार्ड पोशाकसहित पक्राउ परेका थिए । गैरकानुनी कामदार धपाउन गत सेप्टेम्बर १ देखि कार्बाही अभियान थालेको मलेसियाले गैरकानुनी हैसियतका कामदारमाथि निकै कडाई गर्दै आएको छ । धरपकड थालिएयता गैरकानुनी हैसियतमा काम गर्ने ५० जनाभन्दा बढी सुरक्षागार्डहरु समातिइसकेका छन् ।
समातिएका गैरकानुनी कामदारलाई आवश्यक अनुसन्धानपछि घरफिर्ती केन्द्रमा राखिने र स्वदेश फर्काइने जनाइएको छ । तर त्यसरी स्वदेश फिर्ता पठाइनुअघि उनीहरुलाई पुनः मलेसिया आउन नपाउन् भनेर बायोमेट्रीक रेकर्ड राखीने गरिएको उल्लेख छ । गत सन् २०११ मा गरिएको गैरकानुनी कामदार दर्ता प्रक्रियामा करिब ३३ हजार नेपाली सामेल थिए । -कान्तिपुरबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग