Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रगतिशील पत्रकार संघ बागलुङको अध्यक्षमा सुनार

Published on 12:25:00 PM //

राम सुवेदी
बागलुङ, पौष ८ । प्रगतिशील पत्रकार संघ बागलुङको बैठकले संघको पुर्नगठन गर्दै लोकेन्द्र सुनारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा विजय राना, सचिवमा राम सुवेदी, सह सचिवमा टीका संगम विक, कोषाध्यक्षमा सागर कुवँर (गंगा) सदस्यहरुमा कविता घर्ति मगर, भगवती पौडेल, नरेश कुमार बुढा, प्रशान्त घर्ति मगर, मनु सिंजाली र मिलन हमाल रहनुभएको छ । त्यस्तै पूर्व अध्यक्ष तारा प्रशाद शर्मा र धर्मागत शर्मालाई सल्लाहकार सदस्यका चयन गरेको छ ।
नेपालको पत्रकारिता क्षेत्रमा काम गर्दै आएका व्यवसायी तथा क्रियाशील श्रमजीवि पत्रकारहरुको हक हितकालागि संगठित हुँदै आफ्नो जिम्मेवारी र दायित्व प्रति वफादार ईमान्दार र कर्तव्यनिष्ठ पत्रकारहरुलाई एकतावद्ध बनाउँदै आएको संघले आगामी माघमा आफ्नो सम्मेलन गर्ने निर्णय समेत गरेको छ । साथै बैठकले पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आगामी अधिवेशनलाई लक्षित गर्दै उक्त संघमा क्रियाशील पत्रकारहरुलाई नेतृत्व गर्न सहयोग र समर्थन गर्दै सहकार्यका लागि संघका अध्यक्ष लोकेन्द्र सुनार र उपाध्यक्ष विजय रानालाई विषेश जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग