Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्याम्पसका मगर विद्यार्थीहरु संगठित

Published on 12:34:00 PM //

गुल्मी, पौष ८ । रेसुङ्गा बहुमुखी क्यापस, तमघास गुल्मीमा नेपाल मगर विद्यार्थी संघ इकाई सङ्गठनले आज एक कार्यक्रम सम्पन्न गरेको छ ।
रेसुङ्गा बहुमुखी क्यापस तमघास गुल्मीको स्ववियुको हलमा यस क्याम्पसमा अध्ययनरक्त सम्पुर्ण मगर विद्यार्थी विच परिचायात्मक कार्यक्रमवाट सुरु भएको उक्त कार्यक्रममा मगर विद्यार्थीका हक, अधिकार, कर्तव्य र भूमिका साथै जातिय पहिचान, लोप हुन लागेका संस्कृतिको संरक्षण गर्ने उक्त कार्यक्रममा सहभागीले जनाएका छन् । साथै यस सङ्गठनलाई सक्रिय एवम् चुस्त वनाउका लागि प्रत्येक महिनाको २१ गते विहान ७ः३० वजे कार्यक्रम गर्ने, प्रत्येक सदस्यवाट रु २० रुपैया लेवी उठाउने, छुटेका सम्पुर्ण मगर विद्यार्थीलाई सङ्गठनमा ल्याउने आदि निर्णय भएको उक्त कार्यक्रमको सभापितत्व नेपाल मगर विद्यार्थी संघ इकाई सङ्गठनका अध्यक्ष ऋषिराम राना मगरको थियो भने सञ्चालन टिकु विप्लव थापा मगरले गरेको जानकारी टिकु विप्लव थापा मगरले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग