Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 4:09:00 AM //

-कल्पना पौडेल "जिज्ञासु"
तिम्रै लागि हृदयमा अथाह पिरती छ
जिन्दगीमा पैलो पटक नयाँ अनुभूति छ

तिमि स्वदेश म विदेश यस्तो परिस्थितिमा
सामिप्यको आभाष दिन प्रेमको उपस्थिति छ

भुल्न सहज कहाँ छ र? बितेका ति पलहरु
नयन भरी उही मिठो प्रमिल आक्रिती छ

बाध्यताले टाढा छु नि बिन्ति प्रिय बुझिदिनु
मनभरी तिम्रो त्यै अविस्मरणीय स्मृति छ

हाम्रो भेट कसो गरि नहोला र प्रियतम  
यता पनि उता पनि त्यहि आकाश धर्ति छ

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग