Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले समानुपातीकमा धौलागीरीका ५ जना

Published on 7:35:00 PM //

राम सुवेदी
बुर्तिबाङ, पौष १३ । नेकपा एमालेले संबिधानसभाका लागि समानुपातिक उम्मेद्वारको टुंगो लगाएको छ । एमालेको शुक्रबार बसेको केन्द्रिय समितीको बैठकले नाम टुंगो लगाएको हो । एमालेको समानुपातिकमा धौलागीरीका ४ जिल्ला बाट ५ जनाको नाम सिफारीस भएको छ । जस मध्य चार जना महिलाको नाम सिफारसि गरीएको छ ।
एमालेले बागलुङका नरबहादुर थापा र महेन्द्र सेरचन, पर्वतकी कल्पना चापागाईं, म्याग्दीकी नरदेवी पुन र मुस्ताङकी श्रीमायाँ थकालीलाइ सिफारीस गरेको छ । समानुपातिकमा परेका २ जना संचार उद्यमी रहेका छन, सेरचन काठमाण्डौबाट प्रकाशीत हुने राजधानी दैनिकका संचालक हुन भने चापागाईं पर्वतको रेडियो दीदी बहिनीकी अध्यक्ष रहनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग