Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाजकी महिला विभाग प्रमुखलाई दुबईबाट बिदाई

Published on 7:19:00 PM //

लालबहादुर ढेंगा
दुबई । गएको २७ डिसेम्बर शुक्रबारका दिन दुबईको मेट्रो पार्कमा एउटा कार्यक्रमको आयोजना गरी गुल्मी सेवा समाज युएईकी महिला बिभाग प्रमुख अमृता पौडेल ज्ञवालीलाई सम्मानका साथ बिदाई गरिएको छ । सो बिदाई गुल्मी सेवा समाज युएईले स्वदेश नेपाल फर्कन लागेको क्रममा गरेको हो ।

उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा बिदाई गरिने अमृता पौडेल ज्ञवाली र बिशेष अतिथिमा नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले गर्नुभएको थियो । अन्य अतिथिहरुमा केन्द्रीय तथा क्षेत्रीय प्रमुखहरु रहेको कार्यक्रमलाई केन्द्रीय प्रवक्ता मदन बिष्टले संचालन गर्नु भएको थियो । केन्द्रीय महासचिव लक्ष्मण अर्यालको शुभकामना मन्तव्यबाट थालनी भएको बिदाई कार्यक्रममा अध्यक्ष लक्ष्मण भण्डारीले दोसल्ला ओढाएका थिए भने दुबई क्षेत्रीय अध्यक्ष मिन भण्डारी र प्रचार विभाग प्रमुख मानबहादुर कुंवरले संयुक्त रुपमा कदर–पत्र दिएर बिदाई गरेका थिए ।
वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१० मा युएई छिरेकी अमृता पौडेल ज्ञवालीले नेपाली कल्याणकारी समिति युएईको कोषाध्यक्षको पदमा बसेर कार्य गरिसकेकी छिन् भने अन्य विभिन्न संघ संस्थामा पनि आफ्नो योगदान पु¥याउदै आएकी थिइन् । स्वदेश फर्केर पनि यस संस्थालाई निरन्तरता दिदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरेकी छिन् ।

सन् २०११ मा स्थापना भएको गुल्मी सेवा समाज युएईले विभिन्न सहयोग र उद्धार गर्ने क्रममा हेल्प नेपाललाई ने.रु ५० हजार सहयोग गरेको छ भने गुल्मीस्थित अपाङ्ग र असाहयहरुलाई कपडा लट्टाका लागि ने.रु ६० हजार र नेत्रहिन बिद्यार्थीहरुलाई केयबोर्ड किन्नका लागि ३५ हजार उपलब्ध गराएका छन् । त्यसैगरी हात्ती चौर गाविस–१, गुल्मी निवासी १६ बर्षीय श्याम घर्तीलाई हृदय रोगको उपचारका लागि रकम संकलन गर्दै छन् । जसमा हालसम्म १ लाखभन्दा बढी रकम संकलन भएको अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी समेत दिएका छन् ।

आगामी दिनहरुमा समाजलाई अझै संशक्त ढंगले अगाडि लैजाने जानकारी अध्यक्ष भण्डारीले आफ्नो मन्तव्यको क्रममा बताएका छन् । आजीवन सदस्य र साधारण सदस्यताको व्यावस्था गरी व्यापक रुपमा लैजाने कुरालाई सबैले सहमति जनाएका छन् । समाजप्रति आस्था राखी हरेक कार्यमा आ–आफ्नो सहयोग दिदै आएका सम्पूर्ण गुल्मेलीवासीहरुलाई अध्यक्ष भण्डारीले धन्यबाद व्यक्त गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग