Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासका महिलाहरुले बनाए आफ्नो लागि आफै भवन

Published on 12:02:00 AM //

प्रेम सुनार
गुल्मी, २५ मंसिर । आज भन्दा २० वर्ष अघि २० रुपैयाँ संकलनबाट सामुहिक बचत गर्न थालेका तम्घासका महिलाहरुले अहिले आफ्नो सहकारी संस्थाको कार्यालय भवन आफै बनाउनु सफल भएका छन् । अमर कल्याण बहुउद्देस्य सहकारी संस्था लिमिटेड तम्घासका महिलाहरुले यस्तो प्रगति गर्न सफल भएका हुन् । उनिहरुले तम्घास पुरानो वजारस्थित गणेश मन्दिरको कोखैमा साढे २८ लाख लागतमा एक तले पक्की भवन बनाएका छन् । २०४९ सालमा २७ जना महिलाले विस रुप्पेका दरले रकम उठाएर बचत गर्न थालेका हौं ’ संस्थाकी सस्थापक अध्यक्ष पार्वता पोखरेलले भनिन् –‘ उति बेला सहकारी भन्ने कुरा थाहै थिएन अहिले रिनै माथी भए पनि सहकारी संस्था चलाउन भवन बनाउन सक्यौं । ’ उनि २०६८ साल असार ३ गते सो भवान शिलन्यास गर्ने बेलामा रोएकी थिईन् । किन रोएँ होला म ? उनले यस्तो प्रति प्रश्न गर्दै भनिन् –‘ हाम्ले कम्ता संघर्ष गरेनौ, सम्झीदा मुटु भक्कानियो , हर्षका आँशु हुन कि के हो मैले मन थाम्नै सकिन् । ’
त्यस्तै हर्ष विभोर छन् वर्तमान अध्यक्ष गंगा थापा देखि सहकारीका सबै महिलाहरु । २०६२ सालमा दर्ता भएको उक्त सहकारी संस्थामा अहिले ८५ लाख रुपैयाँ बचत भएको संस्थाकी कार्यालय प्रबन्धक अन्जु पन्थीले बताईन् । उनले दिएको जानकारी अनुसार साढे २८ लाख खर्च मध्ये १८ लाख ८५ हजार ६ सय ६४ रुपैयाँ ऋण काढेर सो भवन बनाईएको हो । उनिहरुले भवन निर्माणका लागि तिज कार्यक्रम समेत गर्दै हिंडे । संस्थागत सहयोग गर्नेहरुमा जिल्ला विकाश समितिले २ लाख २ हजार ९ सय ६५ , तम्घास गाविसले १ लाख ५५ हजार महिला तथा बाल बालिका कार्यालयले १ लाख १३ हजार र जिल्ला प्रशासन कार्यालयको तर्फबाट तत्कालिन सिडियो परशुराम अर्यालले २० हजार रुपैयाँ दिएका थिए ।
त्यस्तै श्रृर्जनशिल बाख्रा पालन समुह तम्घास १ र ३ ले १० हजार, अर्जुन देवि भगवती महिला समुह तम्घास ८ ले १० हजार ५, तरकारी खेती समुह तम्घास ९ ले १७ हजार , खोलापाटा महिला सामुदायिक वन तम्घास ८ र ९ ले १० हजार ५, मुल आमा समुह तम्घास ४ र ५ ले १० हजार ५ , गुल्मी यातयात समितिले ५ हजार , रेसुङ्गा आमा समुह तम्घास ७ र ८ ले ५ हजार ५५, जनज्योति आमा समुह तम्घास ३ ले २ हजार ५ सय ५५, प्रगतिशिल आमा समुह तम्घास ९ ले १ हजार ५ सय , एशियन थाई फुड प्रा.लि.ले २५ सय २५ रुपैयाँ , मानव अधिकारका लागि एक महिला संस्थाले १ हजार ५ सय नेपाल अपाङ्ग एकता केन्द्रले ५ सय ५० सहयोग गरेको र मदाने जागृति महिला विकास समिति बाँझकटेरीले ५० हजार रुपैयाँ विना ब्याज ऋण दिएको प्रबन्धक अन्जु पन्थीले बताईन् । उनका अनुसार समुहमा आवद्ध ६ सय ५० जना शेयर सदस्य महिलाहरुले १ लाख ८ हजार ४ सय रुपैयाँ भवन निर्माणका लागि दिएका थिए भने उनिहरुले झण्डै २ लाख बराबरको श्रमदान गरेका थिए । ब्याक्तिगत सहयोग गर्नेहरुमा समाज सेवी नन्दराम भुसालले सवै भन्दा बढि ३१ लाख १ सय ११ रुपैयाँ गरेका थिए । १० हजार देखि माथी सहयोग गर्नेहरुमा तम्घास ८ निवासी संस्थापक अध्यक्ष पार्वत पोखे्रल, तम्घास ३ धागीथुम निवासी संस्थाकी अध्यक्ष गंगा थापा, तम्घास १ कि देवकला कुँवर, तम्घास ६ कि सुशिला मरासीनी, २ कि हरिमाया थापा रहेका छन् ।
१० हजार भन्दा तल सहयोग गर्नेहरुमा तम्घास ७ कि जुनमाया बि.क., वडा नम्वर ८ का सुर्यबहादुर चँुदरा, वडा नम्वर ४ खानीगाउँकी मिना काउछा, वडा नम्वर ३ कि गंगा थापा , वडा नम्वर ६ कि सरस्वती मरासीनी, वडा नम्वर ६ कि कमला बि.क., सिता पाण्डे –(गंगा ) रहेका छन् उनिहरुबाट कुल १ लाख १५ हजार ५ सय ७ रपैयाँ संकलन भएको प्रबन्धक पन्थीले बताईन् । तिज गित कार्यक्रम र अन्य खुद्रा चन्द संकलनबाट कुल ८९ हजार ७ सय ४९ हजार संकलन भएको उनले जानकारी गराईन् । स्थापना काल देखि उपाध्यक्ष रहँदै आएकी सुशिला मरासीनी भवन बनेर खुशी भए पनि त्यति कै चिन्तीत ऋण गराएको बताउँ छिन् ।
भवन निर्माण अनुगमन समितिकी संयोजक लक्ष्मी पन्थीले तला थप्न र उक्त ऋण तिर्नका लागि देश विदेशमा रहेका नेपालीहरुसंग सहयोगको याचना गर्दछिन् । भवनको दुई वटा सटर , र एक कोठा रहेका छ । सुपथ सहकारी पसल समेत सञ्चालन गरेको सो संस्थाले राशयनिक मल त्यस भवनमा राख्दा सिमेन्ट भत्काउने हुँदा अर्को बेग्लै स्टोरको समेत बनाउनु पर्ने भएको छ । सो सहकारी संस्थाले बचतबाट उद्यमशिल कार्यक्र सञ्चालन गर्दै आएको छ । उसले पशुपालन, कृषि, ब्यापार र घरेलु उद्योग गर्दै आएको छ ।प्लाष्टिक मुक्त जिल्ला बनाउने उद्योग वाण्ज्यि संघको अभियानलाई सघाउन उसले फाईवर झोला उद्योग तम्घासमा सञ्चालन गरेको छ । संस्थाकी अध्यक्ष गंगा थापाका अनुसार संस्थाले घरेलु हिंसामा परेका महिलाहरुलाई आर्थिक सहयोगका अलवा उनिहरुलाई न्याय दिलाउन समन्वयकारी भुमिका पनि निभाउँदै आएको छ । भवको शिलन्यास तम्घासका पुराना समाज सेवी नरप्रसाद श्रेण्ठले गरेका थिए भने उद्घाटन क्षेत्र नम्वर २ का सभाषद चन्द्र भण्डारीबाट मंसिर २७ गते गराउने कार्यकम रहेको संस्थाकी सचिव सरस्वती मरासीनीले जानकारी दिईन् ।
तस्वीरः भवन उद्घाटनको अन्तिम तयारीका लागि ढुङ्गा माटो हटाउँदै सहकारीका महिलाहरु ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग