Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफूले पढाउने छात्राले यौन दुर्व्यवहारको आरोप लगाएपछि....

Published on 5:20:00 PM //

अधिक मदिरा सेवनले शिक्षकको ज्यान गयो

गुल्मी , पुस १० - आफूले पढाउने छात्राले लगाएको दुर्व्यवहारको आरोप सहन नसकेपछि गरेको मदिरा सेवनले राष्ट्रिय मावि थोर्गाका विज्ञान शिक्षकको ज्यान गएको छ ।
विज्ञान संकायबाट स्नातकोत्तर उत्तीर्ण गरेका निर्मल ज्ञवालीको सोमबार राति मृत्यु भएको हो । उनले ८ वर्षदेखि विद्यालयको निमावि र मावि तहमा अध्यापन गराउँदै आएका थिए । सोमबार दिउँसो कक्षा ७ मा अध्ययन गर्ने छात्राले आफूलाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि दिनभर विद्यालयमा तनाव भएको थियो ।
विद्यार्थीहरूले त्यस्तो शिक्षकलाई कारबाही गर्न व्यवस्थापन समितिसमक्ष माग गरेका थिए । मदिरा सेवन गरेको र उच्च रक्तचापका समेत बिरामी भएकाले उनको मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताए ।
- ईकान्तिपुरबाट  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग