Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यौन बजारमा वयस्क महिलाको माग

Published on 5:31:00 PM //

देहव्यापारका लागि युवतीको माग र मूल्य उच्च भएपछि भारतीय यौन बजारमा वयस्क महिलालाई जबर्जस्ती यो पेसामा धकेल्ने गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यौन व्यवसायीहरूले वयस्क मजदुर महिलालाई सस्तो मूल्यमा ल्याएर व्यापार धानिरहेको बताइएको छ।
भारतको राष्ट्रिय महिला आयोगले तयार पारेको रिपोर्टअनुसार तिनीहरूलाई सस्तो मूल्यमा ल्याएर दास बनाउने गरिएको छ। आयोगको टोलीले पश्चिम बंगला, झारखण्ड र विहारका महिलालाई यो पेसामा धकेल्न बाध्य बनाएको उल्लेख गरेको छ। विशेषगरी ४० र ४५ वर्ष उमेर समूहका अविवाहित महिलालाई २० देखि २५ हजारमा किनेर यौनदासी बनाउने गरेको रिपोर्टमा उल्लेख छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग