Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाण्डे खेतमा मृत फेला, हत्याको आशंका

Published on 3:03:00 PM //

प्रेम सुनार  
गुल्मी, २७ मंसिर । ठुलोलुम्पेकको चेहमी गाउँमा आज विहान मृत फेला परेका अस्लेवाका पदम पाण्डेको कसैले हत्या गरेको स्थानियले आशंका गरेका छन् । अस्लेवा ६ निवासी ३१ वािर्षय पाण्डेको शव स्थानिवासीले अस्लेवा ८ चेहमीको खेतको गरामा आज विहान घाँस काट्न जाने क्रममा देखेका हुन् ।
 
  उनलाई खेतमा करिव ३ मिटर जति घिसारेर हत्या गरी फालेको अस्लेवाका समाजसेवी गोपाल पाण्डेले जानकारी गराए ।  ‘ कपडा सवै च्यातिएको छ शव घोप्टो पारेर खेतमा राखीएको छ’ पाण्डेले भने –‘उनको हत्या गरेको शतप्रतिशत आसंका छ ।’
 
   ईलाका प्रहरी कार्यालय रिडीलाई जानकारी गराईएको र प्रहरी वाटोमा आउदै गरेको उनले बताए । यस सम्वन्धमा  जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्साल संग सम्पर्क राख्दा प्रहरी निरक्षकको नेतृत्वमा त्यहाँ टोली पठाईएको बताए । हत्या हो कि के हो अनुसन्धान पछि मात्रै थाह हुन्छ उनले भने स्थानियको भनाई सुन्दा उनको मृत्यु रहस्यमय छ ।
 
  ठुलो लुम्पेक ८ र ९ मा लामो समय देखि वाईरिङ्गको काम गर्दै आएका पाण्डे हिजो साँझ सम्म ठुलोलुम्पेक ८ , चेहमी गाउँको एक घरको पुजामा देखिएको गोपाल पाण्डेले बताए । मोटरबाटोबाट २० मिटर तल खेतमा उनको शव रहेको, चप्पल र टोपी बाटैमा रहेको उनले जानकारी गराए । अविवाहित पाण्डे गाउँमा अत्यन्तै मिलनसार ब्याक्तिका रुपमा चिनिन्थे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग