Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट गत ५ महिनामा २४ जनाले आत्महत्या गरे, सबैभन्दा धेरै पाका उमेर समुहकाब्याक्तिहरु

Published on 6:26:00 PM //

प्रेम सुनार 
गुल्मी, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय गुल्मीको गत ५ महिनाको तथ्याङ्क। अनुसार जिल्लामा चाडपर्वको समयमा गरिव वर्गका पाका ब्याक्तिहरु बढि मात्रमा आत्महत्या गर्ने गरेको देखिएको छ । सो कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले दिएको विवरण अनुसार दशैताका ७ जना पाका ब्याक्तिहरुले आत्महत्या गरेका थिए ।

गत पाँच महिनामा आत्महत्या गर्ने कुल २४ जना मध्ये सबै भन्दा बढि ४० वर्षदेखि ७३ वर्ष उमेर सम्मका १३ जना पाका पुरुषहरु र १३ देखि ३५ वर्ष उमेरका ११ जनाले आत्महत्या गरेका छन् । त्यसमा  ११ जना दलित रहेका छन् । जनजाती ४ र  ९ जना व्राम्हण, क्षेत्री रहेका छन् । १३ देखि ४० वर्ष मुनिका महिलाहरु ९ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्ने पाका पुरुषहरुमा श्रावण ६ गते हुँगा ७ का ६४ वर्षिया शिवलाल सुवेदी, श्रावण ४ मा सिमिचौर ४ का ६९ वर्षिया घनश्याम अर्याल, भाद्र २४ मा दुविचौर १ का ५२ वार्षिय पदम बिश्वकर्मा, अशोज २६ गते विशुखर्क १ का ४९ वािर्षय वेदबहादुर सार्की, अशोज २० मा दर्लामचौर ९ का ४५ वार्षिय नमर्दा पछाई, अशोज ९ मा दौघाका ४५ वािर्षय रामबहादुर घतिर्, अशोज १४ मा भनभनेका ६६ वर्षिय गणेश सुनार, अशोज १९ गते म्यालपोखरीका ६२ वार्षिय एमबहादुर दर्जी, अशोज २१ मा धुर्कोट रजस्थलकी ४० वािर्षया फुलमाया सामद, अशोज २० मा अग्लुङ्ग ५ का ७३ वार्षिय गोठे कामी, अशोज २८ मा हुँगा ४ का ४५ वािर्षय जितबहादुर सार्की, सोही दिन हस्तीचौर ६ का ५५ वािर्षय मानबहादुर रेश्मी, कार्तिक १० मा हरौचौर ९ का ४१ वािर्षय टिकाबहादुर कुमाल रहेका छन् ।
त्यस्तै १३ देखि ३५ वर्ष उमेर सम्मका भाद्र ९ मा अर्खले ५ कि ३१ वािर्षया सिता वेलवासे, २५ मा छापाहिले ८ की १३ वार्षिया हिमा बि.क, भाद्र २५ मा दिब्रुङ्ग ७ कि सिर्जना अधिकारी, अशोज २२ मा पुर्कोटदहकी ३५ वािर्षया कमला नेपाली, अशोज २४ मा २४ गते सिमिचौर ५ कि १८ वर्षिय समिला घर्ति, अशोज २९ मा हर्राचौर ९  का जितबहादुर थापा, अशोज ८ मा हर्राचौर ४ कि १६ वर्षिया ज्योती रायमाझी, अशोज १५ मा दरवार देविस्थानका १५ वािर्षय गोविन्दबहादुर टोमटा , अशोज २० मा नेटा ९ का २५ वर्षिय अनिल बि.क., अशोज २२ मा दौंघा २ कि २३ वर्षिय मिना ज्ञवाली, अशोज २६ मा वलेटक्सारका २१ बर्षिय मानबहादुर रेश्मी, मंसिर ११ मा सिमिचौर २ का २० वर्षिय विष्णु खत्री, मंसिर २२ मा सिमिचौर ६ का २७ वािर्षय देविराम भण्डारी र सोही दिन बडागाउँ ७ भराहकी १६ वर्षिया मनिषा घिमिरे रहेकी छन् ।
उनिहरु मध्ये धेरै पुरुषहरु झुण्डीएर र महिलाहरु विष सेवन गरेका छन् । आत्महत्या गर्ने अधिकांस दलितहरु चरम गरिवीमा थिए । जसमध्ये  केहि उपचार गर्न नसकेर आत्महत्या गरेको प्रहरी रिर्पोटले देखाएको छ । महिला आत्महत्याको कारण बढि मात्रमा घरेलु हिंसा पिडित, कतै असफल प्रेम र दाम्पत्य जिवन रहेको पाईएको छ । गत वर्ष ३३ जनाले आत्महत्या गरेका थिए भने चालु वर्षको ५ महिना मै २४ जनाको आत्म हत्या गर्नुले अवस्था   चिन्ता जनक रहेको छ । गत तिन वर्ष यता गुल्मीमा आत्मा हत्याको संख्या क्रमिक रुपले बढ्दै गएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग