Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आर्थीक अभावमा एक युवकको ज्यान धरापमा, सहयोगको याचना

Published on 8:16:00 PM //

अनिल खत्री 
गुल्मी, मंसिर २६ । आर्थिक अभावका कारण गुल्मीको हस्तिचौर १ निवासी १८ वर्षिय श्याम घर्तिको मुटु रोगको उपचार गर्न नसक्दा उनको ज्यान धरापमा परेको छ । बिपन्न किसान परिवारका श्याम र उनका बुवा कुमार घर्ति गाउँमा सामान्य खेती किसानी तथा ज्याला, मजदुरीको काम गरेर जेनतेन गुजारा चलाउँदै आएका छन । एक वर्ष भन्दा लामो समय देखि बिरामी परेका श्यामलाई सामान्य औषधी उपचार तथा धामी झाँक्री मार्फत रोग निको गराउने प्रयास उनको परिवारले गर्दै आएको थियो । तर लामो समय सम्म रोग निको हुन नसकेपछि  जिल्ला अस्पताल तम्घासमा जाँच गर्दा उनमा मुटु सम्वन्धी रोग भएको र उपचारमा ठुलो खर्च लाग्ने जानकारी डाक्टरहरुबाट प्राप्त गरेपछि उनको परिवार निकै तनावमा परेको छ । अरुको ज्याला मजदुरी बाट घर धान्दै आएका बिरामीका बुवा कुमार घर्तिले भने , “घरायसी खर्च चलाउन  त निकै धौ धौ परेको छ यस्तो बेला छोरालाई काठमाण्डौ पु¥याउने भाडा समेत छैन कसरी उपचार गरेर ज्यान बचाउँ ?” छोरालाई यस्तो गम्भीर रोग लागेको बेला दुखेसो पोख्दै उनले भने , “मर्न त एकदिन सबै मर्ने नै हो तर रोगको उपचार गर्न नसक्दा अल्पायुमै छोराको ज्यान धरापमा पर्दा निकै ठुलो चिन्तामा परेको भन्दै सबै संग आर्थिक सहयोगका लागी अपिल गरेका छन ।”  तपाईहरुको सहयोगले मेरो छोराको ज्यान बच्नेछ त्यसैले सहयोग र सेवालाई धर्म ठानी दिल खोलेर सक्दो आर्थिक सहयोग गरि छोराको ज्यान बचाई दिन सबैमा अपिल  गरेका छन । पैसा नभएकाले उपचारका लागी काठमाण्डौ लैजान नसकी बिरामीलाई घरमै राखेको सुचना पाए पछि समाज सेवी इन्द्र बहादुर कुवँरले सहयोग संकलन अभियान सुरु गरिएको र सबैले सहयोग गरेमा बिरामीको ज्यान बचाउन सकिने हुनाले सक्दो सहयोगका लागी अनुरोध गर्नु भएको छ । सहयोग गर्न चाहनुहुने महानुभावहरुले एस.बि. आई. बैक शाखा गुल्मीमा रहेको खाता नं.२०९१५२४१४०२४३९ ल्एच् मा रकम जम्मा गर्न सकिने तथा कुनै जानकारी का लागी सम्पर्क नं.९८०७५६१९३६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग