Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटा पराजयबाट निरास नबनौ, कमी कमजोरी सच्चाएर अघि वढौं ः नेता ज्ञवाली

Published on 8:11:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २६ मंसिर । पुर्व मन्त्री तथा नेकपा एमाले प्रचार बिभाग प्रमुख प्रदिप कुमार ज्ञवालीले निर्वाचन पश्चात आफनो निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिनका लागी क्षेत्र भ्रमण अभियान सुरु गर्नु भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीसंग पराजित हुनुभएका एमाले पोलिट ब्यूरो सदस्य  प्रदिप कुमार ज्ञवालीले कार्यकर्ता भेटघाटको क्रममा चुनावी दौरानमा गरिएका बाचाहरु पुरा गर्ने प्रदीबद्धता जनाउनु भएको छ ।

चुनावमा हार जित स्वभाबिक कुरा हो, चुनाव हारे पनि हामी जनताकै माझमा छौ, जनताका सुख, दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने छ , उहाले भन्नुभयो । एउटा पराजयबाट निरास नबनौ कमी कमजोरी सच्चाएर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउदै कार्यकर्ताहरुलाई थप उँचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह गर्नु भएको छ । गुल्मीको रिडी ,ग्वादी र रिमुवामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।  

अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको भन्दै पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निलकन्ठ गौतम, नेकपा एमाले लुम्विनी अञ्चल समन्वय कमिटी सदस्य कोशल पोखरेल, खडग केसी, जिल्ला कमिटी उप सचिव बालसिंह काउछा, लगायत त्यस क्षेत्रका अगुवा, नेता, कार्यकर्ता, मतदाता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

2 comments

  1. प्रदिप ज्ञवाली ज्यु ,हजुरले देश र जनतालाई दिनुभएको योगदान अतुलनिय छ /अहिलेको निर्बाचनमा जे जस्तो परिस्थिति गुल्मीको १ र २ मा देखियो त्यो असह्य भए पनि एक असल लोकतन्त्र बादीको लागि सहनु शिवाय बिकल्प थिएन/ तानसेन तम्घास सडक पक्कि गर्ने बेलाको तदारुकता ,रेसुंगा आन्तरिक विमानस्थल बनाउने योजना र त्यसलाई रास्ट्रिय योजना आयोग अन्तर्गत पार्न सफल हुनु र रुरु रेसुंगा संस्कृतिक पर्यटन मन्त्रालय अन्तर्गत राख्न सक्नु जिल्लाबासीका लागि हजुरले गरेका र गर्न सुरुवात गरेका सकारात्मक काम हुन् / यो भन्दा पनि माओबादीलाइ शान्ति प्रकृयामा ल्याउन प्रदिप ज्ञवाली र कृष्ण सिटौलाको ठुलो देन छ / देशबाटै हत्या हिंशा र अराजकता समाप्त पार्न हजुर लगायत कृष्ण सिटौला ,माधव नेपाल र गिरिजा प्रसाद कोइरालाले खेलेको भूमिका स्वर्ण अक्षरले अंकित छ / हामी जिल्ला बासीले अझै धेरै जिल्लाकै स्वार्थ राख्नुलाई अन्यथा नमान्नु होला / तपाइको भूमिका अझ बढी बढेर गएको छ / पार्टीलाई एकताबद्ध गरेर ,अन्य स साना बाम दल लगायत माओबादीका युबाहरुलाई आत्मालोचना सहित पार्टीमा स्वागत गर्दै जानुपर्छ / हजुर प्रचार बिभाग प्रमुख रहेर पनि देश र पार्टीलाइ जिताएर आफु हार्नु भयो ,यो महानता हो / जितेको भए सुनमा सुगन्ध हुने थियो तर पनि जनताको राजनीति गर्नेलाई चुनावमा संसद हुने पर्छ भन्ने केहि छैन / गोकर्ण बिष्ट २०६४ को चुनावमा सागर संग हार्नु भयो तर मलाई लाग्छ आज वहांको सफलताको अगाडी मै हुम् भन्ने पनि किनारा लागेका छन् /वहाँले चमत्कार गर्नुभयो / हजुर पनि समानुपातिक बाट संबिधान सभामा आउनुपर्छ / गुल्मीमा हजुरकै पहलकदमी बाट आगामी बर्ष नै विमानस्थल तयार हुनुपर्छ / तानसेन तम्घास सडक डबल गर्नुपर्छ अनि रिडी रुद्रबेनी वामीको बाटो डबल खनेर पक्कि गर्नेतर्फ हजुरकै योगदान जरुरि छ / अब पार्टीलाई आगामी निर्बाचनमा देशैभरिबाट एक नम्बरमा लैजाने रास्ट्रिय दायित्व र गुल्मीका गाउँ गाउँ पुगेर गुल्मीको बिकासको लागि केन्द्रमा धक्का दिने काम गर्नुपर्छ / बिकासको हिसाबले एक नम्बर क्षेत्र निकै पछाडी परेको छ /अहिले पनि २/३ मा हजुरले हरे पनि जितेका व्यक्ति राम्रा नै हुनुन्छ तर एक नम्बरमा अहिलेसम्म गुल्मी नै नगएको ,काठमाडौँ घरबास भएको सुविधाभोगी व्यक्ति लगेर स्थानीय जनताको अपमान हुने गरि पैसाको खोलो बगाएर मैना भण्डारीलाई हराएको हो / त्यो मान्छे बाट गुल्मी को लागि केहि हुने छैन / अब जे भए पनि हजुर ,चन्द्र भण्डारी र गोकर्ण रास्ट्रिय व्यक्तित्व हुनुन्छ ,गुल्मीको खातिर एकजुट भै लाग्नुस् / हाम्रो यहि छ कामना / सुर्य बहादुरले आफु प्रधानमन्त्री बनेको बेला २ बर्षको यातायात क्षेत्रको बजेट धनकुटा लागेको हुनाले आज धनकुटा हिले स्विजरल्याण्ड जस्तो छ / सुर्य बहादुर थापालाइ भगवान जस्तै मान्छन त्यहाँका जनताले / बिरालो कालो र सेतोको मतलव हुन्न मुसा मार्नुपर्छ/ हजुरलाई शुभकामना सहित गुल्मी र गुल्मी वासीको अधिकतम हीत एबम राष्ट्रिय अभिभारा पुरा गर्न प्रेरणा मिलिरहोस / धन्यबाद /

    ReplyDelete
  2. प्रदिप ज्ञवाली ज्यु ,हजुरले देश र जनतालाई दिनुभएको योगदान अतुलनिय छ /अहिलेको निर्बाचनमा जे जस्तो परिस्थिति गुल्मीको १ र २ मा देखियो त्यो असह्य भए पनि एक असल लोकतन्त्र बादीको लागि सहनु शिवाय बिकल्प थिएन/ तानसेन तम्घास सडक पक्कि गर्ने बेलाको तदारुकता ,रेसुंगा आन्तरिक विमानस्थल बनाउने योजना र त्यसलाई रास्ट्रिय योजना आयोग अन्तर्गत पार्न सफल हुनु र रुरु रेसुंगा संस्कृतिक पर्यटन मन्त्रालय अन्तर्गत राख्न सक्नु जिल्लाबासीका लागि हजुरले गरेका र गर्न सुरुवात गरेका सकारात्मक काम हुन् / यो भन्दा पनि माओबादीलाइ शान्ति प्रकृयामा ल्याउन प्रदिप ज्ञवाली र कृष्ण सिटौलाको ठुलो देन छ / देशबाटै हत्या हिंशा र अराजकता समाप्त पार्न हजुर लगायत कृष्ण सिटौला ,माधव नेपाल र गिरिजा प्रसाद कोइरालाले खेलेको भूमिका स्वर्ण अक्षरले अंकित छ / हामी जिल्ला बासीले अझै धेरै जिल्लाकै स्वार्थ राख्नुलाई अन्यथा नमान्नु होला / तपाइको भूमिका अझ बढी बढेर गएको छ / पार्टीलाई एकताबद्ध गरेर ,अन्य स साना बाम दल लगायत माओबादीका युबाहरुलाई आत्मालोचना सहित पार्टीमा स्वागत गर्दै जानुपर्छ / हजुर प्रचार बिभाग प्रमुख रहेर पनि देश र पार्टीलाइ जिताएर आफु हार्नु भयो ,यो महानता हो / जितेको भए सुनमा सुगन्ध हुने थियो तर पनि जनताको राजनीति गर्नेलाई चुनावमा संसद हुने पर्छ भन्ने केहि छैन / गोकर्ण बिष्ट २०६४ को चुनावमा सागर संग हार्नु भयो तर मलाई लाग्छ आज वहांको सफलताको अगाडी मै हुम् भन्ने पनि किनारा लागेका छन् /वहाँले चमत्कार गर्नुभयो / हजुर पनि समानुपातिक बाट संबिधान सभामा आउनुपर्छ / गुल्मीमा हजुरकै पहलकदमी बाट आगामी बर्ष नै विमानस्थल तयार हुनुपर्छ / तानसेन तम्घास सडक डबल गर्नुपर्छ अनि रिडी रुद्रबेनी वामीको बाटो डबल खनेर पक्कि गर्नेतर्फ हजुरकै योगदान जरुरि छ / अब पार्टीलाई आगामी निर्बाचनमा देशैभरिबाट एक नम्बरमा लैजाने रास्ट्रिय दायित्व र गुल्मीका गाउँ गाउँ पुगेर गुल्मीको बिकासको लागि केन्द्रमा धक्का दिने काम गर्नुपर्छ / बिकासको हिसाबले एक नम्बर क्षेत्र निकै पछाडी परेको छ /अहिले पनि २/३ मा हजुरले हरे पनि जितेका व्यक्ति राम्रा नै हुनुन्छ तर एक नम्बरमा अहिलेसम्म गुल्मी नै नगएको ,काठमाडौँ घरबास भएको सुविधाभोगी व्यक्ति लगेर स्थानीय जनताको अपमान हुने गरि पैसाको खोलो बगाएर मैना भण्डारीलाई हराएको हो / त्यो मान्छे बाट गुल्मी को लागि केहि हुने छैन / अब जे भए पनि हजुर ,चन्द्र भण्डारी र गोकर्ण रास्ट्रिय व्यक्तित्व हुनुन्छ ,गुल्मीको खातिर एकजुट भै लाग्नुस् / हाम्रो यहि छ कामना / सुर्य बहादुरले आफु प्रधानमन्त्री बनेको बेला २ बर्षको यातायात क्षेत्रको बजेट धनकुटा लागेको हुनाले आज धनकुटा हिले स्विजरल्याण्ड जस्तो छ / सुर्य बहादुर थापालाइ भगवान जस्तै मान्छन त्यहाँका जनताले / बिरालो कालो र सेतोको मतलव हुन्न मुसा मार्नुपर्छ/ हजुरलाई शुभकामना सहित गुल्मी र गुल्मी वासीको अधिकतम हीत एबम राष्ट्रिय अभिभारा पुरा गर्न प्रेरणा मिलिरहोस / धन्यबाद / - See more at: http://www.gulminews.com/2013/12/blog-post_4609.html?showComment=1386833014394#c5299128336973646017

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग