Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राज्यको आँखा नपरेको शालिग्रामको भण्डार

Published on 1:47:00 PM //

प्रेम सुनार 
गुल्मी, २ पौष । ऐतिहाँसिक धार्मिक श्रेत्र रुरु रुद्रवेणीमा स्थानियको पहलमा शालिग्राम संग्रह गर्न थालिएको पनि धेरै भयो तर राज्यको भने त्यस तर्फ ध्यान जान सकेको छैन ।
शालिग्राम सङ्ग्राहलय बनाउने उद्देश्यले कालिगण्डकीमा बगेर आउने शालिग्राम रुद्रवेणीको राम मन्दिर र रिडीको ऋषिकेश मन्दिर परिसरमा संग्रह गर्न थालिएको हो ।
 राज्यले कालिगण्डकीमा खोज अनुसन्धान गर्न सके थुप्रै शालिग्राम लगायतका  वहुमुल्य वस्तुहरु पाईने धार्मिक ब्याक्तिहरुको ठम्याई छ । हाल सम्म एक हजार आठ वटा शालिग्राम र सुन जडित अन्य वस्तु पनि त्यहाँ देख्न सकिन्छ ।
तस्वीरः संग्रहित शालिग्रामहरु

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग